तनहुँ, ४ फागुन
रोटरी क्लब अफ दमौली , रोट्र¥याक्ट क्लब अफ दमौली र युनि क्याम्पसको संयुक्त आयोजनामा दमौलीमा दोस्रो होली महोत्सव हुने भएको छ ।
आगामी चैत ६ गते फागु पुर्णिमाको अवसरमा क्लबले दमौली सफासडक स्थित होली महोत्सव गर्ने बारे शनिवार दमौलीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
एक आपसमा रंग आदनप्रदान गर्दै सामाजिक सद्भाव , शान्ति र एकता कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको रोटरी क्लब अफ दमौलीका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए । सबै उमेर समूहका मानिसले रमाइलो अनुभुति गर्ने गरी एकै साथ एकै ठाँउमा होली खेल्ने वातावरण बनाउन पनि हामीले कार्यक्रम राखेका हौँ श्रेष्ठले भने । मनोरञ्जनको माध्यमबाट स्थानीय व्यापार व्यवसायको प्रवद्र्धन गर्नु पनि होली महोत्सवको उद्देश्य रहेको श्रेष्ठले प्रष्ट पारे ।
सो अवसरमा विभिन्न रमाइला खेलकुद प्रतियोगिता समेत सञ्चालन गर्ने आयोजकले जानकारी गराएको छ । होलीको दिन रंगसँगै रस्सी तान्ने, बास्केट बल, म्युजिकल चियर लागयतका खेलहरु पनि जोडेर होलीलाई विशेष बनाउने प्रयास गरिएको बताउँदै श्रेष्ठले स्थानीय जातजातीका सांस्कृतिक कार्यक्रमलाई समेत समावेश गर्ने बताए । डिजे प्रोग्राम, म्युजिकल रेन डान्स लगायत महोत्सवको अन्य आकर्षण रहेका छन् । कार्यक्रम सफल बनाउन सञ्चार क्षेत्रको भुमिका महत्वपुर्ण हुने भन्दै श्रेष्ठले सहयोगको अपेक्षा गरेको बताए ।
रोट्र¥याक्ट क्लबका अगामी वर्षका अध्यक्ष मनोज राउतले कार्यक्रमलाई सफल र मर्यादित बनाउन स्थानीय प्रशासनहरुसँग समेत सहकार्य गरिने बताए । कार्यक्रमको लागी क्लबले पहिलो चरणको तयारी शुरु गरेको छ । आयोजकका अनुसार कार्यक्रममा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । कार्यक्रम सम्पन्न गर्न करीब ७ देखी ८ लाख लाग्ने अनुमान गरिएको अध्यक्ष श्रेष्ठ जानकारी दिए । अघिल्लो वर्ष होली महोत्सव रोट्र¥याक्ट क्लब अफ दमौलीले मात्र गरेको थियो भने यस वर्ष रोटरी र रोट्र¥याक्टले संयुक्त रुपमा गर्ने भएको हो ।
Comments are closed.