दोहोरो उपाधिको लागि माउण्ट अन्नपूर्ण र पोखरा एकेडेमी आज भिड्ने

आर्थिक आवाज
पोखरा । दोहोरो उपाधिको लागि पोखराको माउण्ट अन्नपूर्ण र पोखरा एकेडेमी फाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएका छन् । पोखरा रंगशालामा जारी चौथो संस्करणको एकता बुक्स अन्तर विद्यालय छात्र÷छात्रा ह्याण्डवल प्रतियोगिताको दोहोरो उपाधिको लागि दुबै टिम शनिबार हुने फाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएकाहुन् ।

शुक्रबार छात्रा तर्फ भएको पहिलो सेमिफाइनल खेलमा माउण्ट अन्नपूर्णले लेखनाथ विभूतीलाई २ का बिरुद्ध ११ गोलको फराकिलो अन्तरले पराजित गरी फाईनलमा यात्रा बनाएको हो । दोश्रो खेलमा पोखरा एकेडेमीले वाल प्रभातलाई १२–२ को फराकिलो गोल अन्तले पन्छाउदै उपाधि नजिक पुगेको हो ।

छात्र तर्फको पहिलो सेमिफाईनल खेलमा माउण्ट अन्नपूर्णले एस.ओ.एस. हर्मन माईनरलाई १५–६ को गोल अन्तरले पराजित गरी फाइनलमा यात्रा बनाएको हो । दोश्रो खेलमा पोखरा एकेडेमीले ज्ञान ज्योती बिद्या कुन्ज गगनगौडालाई ७ को बिरुद्ध १५ गोलको अन्तरले पराजित गर्दै उपाधिको लागि माउन्ट अन्नपूर्णसंग फाइनलमा यात्रा पक्का गरेको हो । प्रतियोगिताको फाइनल खेल शनिबार हुने भएको छ भने तेश्रो स्थानको लागि विहान ९ बजे पछि खेल हुने भएको प्रतियोगिताका संयोजक चित्र बहादुर थापाले बताए ।

शनिबार हालै पोखरामा निमार्ण भएको ह्याण्डवल एकेडेमीको औपचारिक उद्घाटन हुने भएको छ । करिब एक करोडको लागतमा हालै निमार्ण भएको उक्त एकेडेमीको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुनले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको कास्की जिल्ला ह्याण्डवल संघले जनाएको छ ।

कास्की जिल्ला ह्याण्डवल संघको आयोजना नेपाल ह्याण्डवल संघको प्राविधिक सहयोगमा संचालन भएको प्रतियोगितामा छात्र तर्फ १६ र छात्रा तर्फ १० टिमको सहभागिता रहेको छ । “ह्याण्डवल खेलौं, स्वस्थ र अनुशासित युवा जनशक्ति तयार गरौं ” भन्ने नाराका साथ पोखरामा आयोजना भएको उक्त प्रतियोगितामा विजेता छात्र तथा छात्रालाई जनहि १० हजार र उपविजेतालाई ५ हजार साथमा ट्रफी मेडल प्रमाण पत्र वितरण गरिने भएको संघ कास्कीका सचिब टेक बहादुर गुरुङले बताए ।

You might also like

Comments are closed.