आर्थिक आवाज/पोखरा । कास्कीको माछापुच्छ«े गाउँपालिका ७ धम्पुसमा ‘गन्तव्य धम्पुस लालीगुराँस महोत्सव २०७५’ हुने भएको छ । महोत्सवले धम्पुसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउनुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा आयाम थप्दै राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउन सफल हुने विश्वास लिइएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
‘धम्पुस लालीगुँरास महोत्सव हाम्रो पहिचान, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ नाराका साथ हुने महोत्सवलाई श्री लालीगुराँस युवा क्लबले आयोजना गरेको हो । आगामी वैशाख ४ देखि ८ गतेसम्म धम्पुसको पृथ्वीनारायण माविको प्रांगणमा महोत्सव हुँदैछ ।
महोत्सव संचालन गर्न २५ लाख रुपैयाँ खर्च र करिब १ लाख दर्शकहरुले अवलोकन गर्ने आयोजकको अनुमान छ । क्लबका अध्यक्ष आसिम गुरुङका अनुसार पर्यटन उद्योगको विकास गरी धम्पुस आसपासमा युवाहरुलाई रोजगारी प्रदान गर्ने, खेलकुद प्रतियोगिता मार्फत पर्यटन आवागमनको दर बढाउने, खेलकुदको संरक्षण तथा विकास गर्ने, लोक संस्कृतिको जगेर्ना संरक्षण एवं सम्वद्र्धन गर्ने, शैक्षिक जागरणमा टेवा पु¥याउने महोत्सवको लक्ष्य रहेको उनले बताए ।
सांस्कृतिक भेषभुषाको संरक्षण गर्ने, कृषि कार्यक्रममा कृषकहरुको पहुँच वृद्धि गरी बजारको विस्तार गर्ने, कला तथा हस्तकलाको विकास तथा बजारीकरण र साँस्कृतिक कार्यक्रमहरुको पहुँच अभिवृद्धि गर्ने लगायतका लक्ष्य तथा उद्देश्य राखिएको अध्यक्ष गुरुङले बताए ।
महोत्सवको मुख्य आकर्षणमा पुरुष तथा महिला भलिवल प्रतियोगिता, खुल्ला लोकदोहोरी गीत प्रतियोगिता, माछापुच्छ«े गाँउपालिका अन्तर वडा झाँकी प्रतियोगिता, कृषि तथा हस्तकला प्रदर्शनी, छेलो प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति र लाइभ कन्सर्ट लगायत छन् । पुरुष भलिबल प्रतियोगिताको बिजेतालाई १ लाख रुपैयाँ तथा महिला भलिवल प्रतियोगिताको बिजेतालाई नगद रु.४० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।