धुर्मुस सन्तली फाउन्डेसनलाई पोखरा रोयलको सहयोग

पोखरा, २८ पुस । पोखराको बुद्धचोकमा प्रधान कार्यालय रहेको पोखरा रोयल सहकारी संस्था लिमिटेडले धुर्मस सन्तली फाउन्डेनलाई सहयोग गरेको छ । फाउन्डेसनले रौतहटको चन्द्रपुर नगरपालिका ८ सन्तपुरमा निर्माण गरिरहेको एकीकुत नमुना बस्तीका लागि सहयोग गरेको छ । सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत फाउन्डेसनलाई ७७ हजार रुपैयाँ सहयोग गरेको हो ।

सहकारीको अवलोकन भ्रमणमा रहेका ३० जना सदस्यबाट ७३ हजार २३ रुपैयाँ गरी १ लाख ५० हजार २३ रुपैयाँ नगद हस्तान्तरण गरिएको मुख्य प्रवन्धक मीलन ढकालले जानकारी दिए । एक कार्यक्रमका बीच ढकालले फाउन्डेसनका संस्थापक सिताराम कट्टेल धुर्मसलाई चेक हस्तान्तरण गरे । सहकारीले सोही अवसरमा धुर्मुसलाई सम्मानसमेत गरेको छ । संस्थाका उपाध्यक्ष रुद्र कुमारी गुरुङ मैनाले सम्मान गरिन् ।

सहकारीको नियमित वार्षिक कार्यक्रम अन्तर्गत शेयर सदस्यको भ्रमण यस वर्ष धुर्मस सुन्तलीको नमुना वस्ती, हरिवन सर्लाहीमा भएको थियो । टोलीले सगुन शिक्षा सहकारी, सगुन बचत तथा ऋण सहकारी संस्था, धनुषा बचत तथा ऋण सहकारी संघको अवलोकन तथा पवित्र तीर्थस्थल जानकी मन्दिरको दर्शन गरेको उपाध्यक्ष रुद्र कुमारी गुरुङले जानकारी दिइन् । सुन्तली फाउन्डेनलाई सहयोग गरेको भन्दै धुर्मसले पोखरा रोयल साकोसलाई धन्यवाद ज्ञापन गरे ।

पोखरा रोयल सहकारीका शेयर सदस्यहरुले भ्रमणको क्रममा व्यक्तिगत रुपमा पनि धेरै सामाजिक कार्यहरु गरेर फर्किएको ढकालले जानकारी दिए । धुर्मस सुन्तलीले चलाएको जाडोको लागि न्यानो कपडा वितरण कार्यक्रममा पुन सदस्यहरुले ३१ हजार ६ सय रुपैयाँ सहयोग गरेका छन् । भ्रमणका क्रममा १७ वर्षका सहचालक मोहन सिग्देलको बसमा ब्रेक लगाउँदा ठोएिर खुट्टा भाँचिएपछि २१ हजार रुपैयाँ भ्रमणमा सहभागी सदस्यले राहत प्रदान गरे । १६ वर्षदेखि सञ्चालित पोखरा रोयल साकोसको यो अवलोकन भ्रमणमा सदस्यहरुले देखाएको सदासयता नमुना योग्य रहेको मुख्य प्रवन्धक मीलन ढकालले बताए ।

सहकारीको हाल महेन्द्रपुल र लेखनाथमा २ सेवाकेन्द्र छन् । सहकारीमा ३ हजार ६ सय ८ जना शेयर सदस्य छन् । शेयर पुँजी १५ करोड ७५ लाख रुपैयाँ, कोषहरु ११ करोड २० लाख रुपैयाँ, बचत ९५ करोड ३४ लाख रुपैयाँ, कर्जा लगानी १ अर्ब २ करोड रुपैयाँ, सञ्चालन बचत नाफा ३ करोड २८ रुपैयाँ र कुल सम्पत्ती १ अर्ब ३१ करोड रुपैयाँ रहेको ढकालले जानकारी दिए । सहकारीले हाल स्याङजाको गल्याङमा ३० जना प्रौढ महिला र पुरुषलाई प्रौढ शिक्षा सञ्चालन गरिरहेको छ ।

You might also like

Comments are closed.