धूवाँ फ्याँक्ने गाडीमाथि अब लाँग्दैछ प्रतिबन्ध

काठमाडौं, १९ साउन । सरकारले आगामी भदौ १ गतेदेखि धूवाँ फ्याँक्ने सवारी साधन सञ्चालनमा रोक लगाउने भएको खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

सवारी साधनबाट निस्कने धूँवाको प्रदूषणबाट मानव स्वास्थ्यमा नै असर गर्नुका साथै वातावरण समेत प्रभाव पर्ने भएकाले धूवाँ फ्याँक्ने सवारी साधन सञ्चालनमा रोक लगाउन लागेको हो ।

सरकारले काठमाडौं उपत्यका, सबै महानगरपालिका र उपमहानगरपालिका भित्र सवारीसाधन चेकजाँच गराई हरियो स्टिकर प्राप्त सवारी साधनले मात्र सञ्चालनको अनुमति पाउने भएका छन् ।

You might also like

Comments are closed.