नक्कली फेसबुक आइडी बनाई विट्रिस लाउरे र प्रहरीको सई हुँ भन्दै ठगी, अनुसन्धान पछि खुलेका तथ्यहरुसहित

आर्थिक आवाज
पोखरा, ८ असोज । विट्रिस लाहुरे हुँ भन्दै ठगी गर्ने वर्ष ३२ का बिर्ख बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । व्रिटिस लाउरे हँु भनी विभिन्न प्रलोभन देखाई बोलाएर एक जना महिलालाई उनले ठगी गरेका थिए ।

गत जेठ २९ गते पोखराको पृथ्विचोकमा रहेको होटलमा महिलालाई बोलाएर यौन शोषण गरी नगद र सुनका गहना समेत चोरी गरेको आरोपमा कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बिहानी पख शौचालय जाने क्रममा शौचालयको ढोका लगाई नगद ३ लाख ५० हजार रुपैयाँ सहित ४ तोला सुनका गरगहना चोरी लगेको भन्ने पीडित महिलाको सूचनाको आधारमा प्रहरीले थापालाई पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

कार्यालयबाट खटिएको प्रहरीले निजको शुक्ष्म रुपले अनुसन्धान गरी निज व्यक्तिको खोजतलास गर्दै जादा सुर्खेत भेरिगंगा नगरपालिका बडा नं १३ बस्ने थापालाई पोखरा ९ पृथ्विचोकबाट पक्राउ गरी चोरी र जवरजस्ती करणी मुद्धामा म्याद थप अनुमति लिई थप अनुसन्धान भई रहेको उनले बताए ।

अनुसन्धान पछि खुलेका तथ्यहरु
– निजले विगत १ वर्षदेखि यस्तो कार्य गर्दै आएको
– हालसम्म निजको बिरुद्धमा २ जना महिलाबाट जवरजस्ती करणी र चोरी मुद्धामा जाहेरी दरखास्त परेको ।
– निजको फेसबुक एकाउन्ट हेर्दा करिब ५०० जना भन्दा बढी महिलाहरु मात्र साथी रहेको
– निजहरुलाई बिटिश लाउरे हुँ तथा नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक (सई) हुँ भनि ठग्ने गरेको ।

You might also like

Comments are closed.