नगरपालिका र अस्ट्रेलियन भोलेन्टियर प्रोग्रामबीच अन्तरक्रिया

तनहुँ, १३ बैशाख
व्यास नगरपालिका र अस्ट्रेलियन भोलेन्टियर प्रोग्रामबीच सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपालका विभिन्न स्थानमा स्वंयमसेवा प्रदान गर्दै आईरहेको उक्त संस्थाले व्यास नगरपालिकामा पनि सेवा प्रदान गर्ने निर्णय गरेपछि सोहि सन्दर्भमा अन्तरक्रिया गरिएको हो ।  जस अन्तरगत अस्ट्रेलियन भोलेन्टियर प्रोग्रामका तर्फबाट अस्ट्रेलियन नागरिक स्टेफेनि हार्डरले यहि मे महिनाबाट सेवा सुरु गर्ने जानकारी गराए ।

हार्डरले शहरी विकासका योजनाको बारेमा काम गर्ने व्यास नगरपालिकाले जनाएको छ । व्यास नगरपालिकाले निर्माण गरिरहेको दीर्घकालिन बिकास योजनामा समेत हार्डरले काम गर्ने पनि बताइएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगर र ग्रामीण क्षेत्रमा समान तरिकाले विकास गर्न सोही अनुरुप पुर्बाधार निर्माणमा नगरपालिका जुटेको बताए ।  अहिलेको संरचना अनुरुप विगतका गाविसका विभिन्न भागहरु नगरपालिकामा समेटिएकाले दुबै क्षेत्रको समान विकासमा समेत अस्ट्रेलियन भोलेन्टियर प्रोग्रामको सहयोग महत्वपुर्ण रहने बताए ।

कार्यक्रममा अस्ट्रेलियन भोलेन्टियर प्रोग्रामका नेपालस्थित कार्यक्रम संयोजक राजेन्द्र खड्काले स्वंयमसेवा गर्न लागिएको संस्थासँग समन्वयात्मक रुपमा काम गर्न सकिएमा अपेक्षित प्रतिफल हासिल गर्न सकिने बताए ।

अन्तरक्रिया कार्यक्रममा व्यास नगरपालिकाका उपप्रमुख मिरा जोशी, प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त, वडाअध्यक्षहरु मोहन कुमार श्रेष्ठ, काशीराम श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

अस्ट्रेलियन भोलेन्टियर प्रोग्रामले सन १९९७ देखी नेपालका विभिन्न भागमा भोलेन्टियर सेवा प्रदान गर्दै आईरहेको छ ।

You might also like

Comments are closed.