नबिल बैंकको अध्यक्षमा पौडेल नियुक्त

काठमाडौं । निजी क्षेत्रको अग्रणी बैंक नबिल बैंकको अध्यक्षमा बैंकर उपेन्द्र पौडेल नियुक्त भएका छन् ।

मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

स्ट्याण्डर्ड चार्टर बैंकमा सन् १९८६ देखि २००० सम्म सेवा गरेका पौडेल एनएमबि बैंकमा २००० अप्रिलदेखि मार्च २०१७ सम्म आबद्ध भएका थिए ।

नेपाल बैंकर्स एसोसिएसनको अध्यक्ष भएर सन् २०१४ देखि २०१६ सम्म काम गरिसकेका पौडेलसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रको राम्रो ज्ञान छ । ६१ वर्षीय पौडेलले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् ।

You might also like

Comments are closed.