काठमाडौं । नबिल बैंकले आकर्षक व्याजदरमा घर कर्जा प्रदान गर्ने भएको छ । बैंकले चाड पर्व योजना अन्तर्गत ७ दशमलव ४९ प्रतिशत ब्याजदरमा घर कर्जा प्रदान गर्ने भएको छ ।
धितो कर्जामा र व्यक्तिगत ओभरड्राफ्टमा ७ दशमलव ९९ प्रतिशतमा लगानी हुनेछ । साना तथा मझौला कर्जामा एक करोड रुपैयाँसम्मको कर्जामा ७ दशमलव ४९ प्रतिशत र एक करोड भन्दा माथिको कर्जामा ७ दशमलव ९९ प्रतिशतमा कर्जा प्रवाह हुने बैंकका संस्थागत संचार बिभाग प्रमुख कृष्ण सुवेदीले जानकारी दिए ।
कोविड १९ महामारीको प्रभावका कारण धेरै नेपालीहरू आर्थिक कठिनाईमा रहेकाले विभिन्न लाभदायिक योजना प्रदान गरिएको बैंकले जनाएको छ । ‘यस कठिन समयमा नबिल बैंकले सँगै अघि बढ्ने आफ्नो उद्देश्यअनुरुप, सम्भव भएसम्म धेरैलाई खुशी पार्ने प्रयास गर्दै समाजप्रति उत्तरदायी हुन चाहन्छ,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सकेसम्म धेरै नेपालीहरूको मुहारमा मुस्कान ल्याउन, मुलुकको विश्वासिलो बैंक, नबिल बैंकले व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा अत्यन्त आकर्षक योजना शुरू गरेको हो ।’
योजना अन्तर्गत १३ देखि २४ महिनासम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई वार्षिक ९ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । १ व्ँर्षसम्मको मुद्दती खातामा बैंकले ८.५ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । २ व्ँर्ष भन्दा माथि र ५ व्ँर्षसम्मकँ व्यक्तिगत मुद्दती खातामा वार्षिक ९ दशमलव २५ प्रतिशत ब्याजदर र ५ व्ँर्ष भन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक ९ दशमलव ५० प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ ।
यस योजना अन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने बैंकले जनाएको छ । सन् १९८४ देखि ग्राहकहरुलाई समायानुकुल सेवा प्रदान गर्दैआएको नबिल बैंकका ११९ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु छन् ।
Comments are closed.