नबिल बैंकद्वारा ‘नबिल डिजी बैंक’ स्थापना गरिएको उद्घोष्

काठमाडौं । नबिल बैंकले, नबिल बैंक भित्रको डिजिटल बैंकको अवधारणामा, ‘नबिल डिजि बैंक’ स्थापनाको घोषणा गरेको छ । बैंकले ३६औं वार्षिकोत्सवको उपलक्ष्यमा मिडियास“गको एक अनलाइन अन्तरक्रिया कार्यक्रम मार्फत उक्त घोषणा गरेको हो । बैंकले नबिल डिजी बैंक ग्राहकवर्गले आफूले चाहेको समय, ठाउ“ र सुविधा अनुसार बैंकिङ सेवा उपभोग गर्न पाउने गरी बैंकको प्रविधिमा आधारित रुपान्तरणको आधार तय गरिएको जनाएको छ ।

कार्यक्रमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत, अनिल शाहले नबिल डिजी बैंक नबिल बैंकको ग्राहक सेवामा समर्पित प्रतिबद्धताको उदाहरण भएको बताए । जसले अबका दिनहरुमा सूचना प्रविधिमा आधारित रणनीतिबाट बैंकको रुपान्तरण गर्दै डिजिटल सेवाहरु मर्फत अनुपम ग्राहक अनुभवहरु सिर्जना गर्दै जाने लक्ष्य राखेको जानकारी गराए । रुपान्तरणको प्रकृयामा बैंकले बैकिङ क्षेत्रमा उत्कृष्ठ सेवा प्रदान गर्दै आएको भारतको आइ.सि.आइ.सि.आइ बैंक तथा सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था हुवावे टेक्नोलोजीस“ग रणनैतिक साझेदारी आरम्भ गरिसकेकोे बताए ।

अनिल शाहले बैंकका नायब महाप्रबन्धक विनय कुमार रेग्मीको नेतृत्वमा गठित नबिल डिजी बैंक नबिल बैंकको स्थायी संरचना इकाइ रहेको र बैंकको प्रविधिमा आधारित रुपान्तरणको प्रकृयाको अपरिहार्य प्रस्थान विन्दु भएको प्रष्ट पारे । यसले नेपालको आर्थिक सेवा क्षेत्रमा प्रविधिमा आधारित क्रान्तिमा अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

मोबाइल तथा इन्टरनेट बैंकिङ जस्ता सेवाहरुले लाखौं ग्राहकवर्गलाई केही सुविधा दिइरहेको परिप्रेक्ष्यमा नबिल डिजी बैंकले ग्राहकवर्गलाई उत्कृष्ठ सेवा अनुभव प्रदान गर्न अब उपरान्त डिजिटल रणनीति तथा कायक्रमहरु मार्फत पारस्परिक बैंकिङ पद्धतिलाई चुनौति दि“दै ग्राहकवर्ग, फिन्टेक लगायत अन्य पक्षस“गको सहकार्यमा आर्थिक इकोसिस्टममा आधारित बैंकिङ तथा आर्थिक सेवाको प्रयोग गर्ने अठोट व्यक्त गरे ।

कार्यक्रममा विषेश अतिथि ≈वावै टेक्नलजिज् नेपालका प्रमुख कार्यकारी अधिकृत डेङ शुगेनले नबिल बैंकलाई ३६ वर्षको गौरवमय इतिहास रच्न सफल भएकोमा बधाई तथा शुभकामना व्याक्त गरे । ≈वावैले सूचना प्रविधिमा हासिल गरेको उपलब्धिलाई बैंकको रुपान्तरणको प्रकृयामा प्रयोग गरि सहयोगी भूमिका निवार्ह गर्ने वचन व्यक्त गरे ।

कार्यक्रमलाई अघि बढाउ“दै नबिल डिजी बैंकका प्रमुख विनय कुमार रेग्मीले टीम नबिलको उत्पादकत्व तथा दक्षता अभिवृद्धि गर्दै ग्राहकवर्गको जीवन यात्रालाई आथिर्क सेवाहरु मार्फत सशक्त तथा सुविधायुक्त बनाउन गरिने प्रयासहरुबारे प्रकाश पारे ।
सोही कार्यक्रमा बोल्दै मिस नेपाल तथा सामाजिक अभियन्ता, श्रृंखला खतिवडाले २१ औं शताब्दीका ग्राहकवर्गको इच्छाहरुलाई पहिल्याउ“दै त्यसलाई आना सेवाहरु मार्फत ठोस कदम चाल्न सुरुवात गरेकोमा नबिल बैंकलाई शुभकामना दिइन् । अब ग्राहकवर्गले महसुस गर्ने गरी बैंकिङ सेवाको स्तर निकै बढ्ने आशा व्यक्त गरे । परिचित युवा कलाकार अनमोल केसीले बैंकिङ सेवाहरुलाई प्रविधि मैत्री युवालाई लक्षित गर्दै अन्यलाई पनि डिजिटल सेवा उपयोग गर्न सिकाउ“दै लैजानु आजको आवश्यकता भएको धारण व्यक्त गरे ।

नबिल डिजी बैंक अन्तरगतका, डिजिटल बैंकिङ प्रमुख निरज शर्माले कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दि“दै, नबिल बैंकको रुपान्तरणको यात्रालाई ग्राहकमुखी बनाउन समुदायको हरेक पक्षको सहभागिता तथा रचनात्मक आलोचना अपरिहार्य रेहेको स्मरण गर्नुभयो तथा प्रतिकृयाको आशा व्यक्त गर्नुभयो ।

You might also like

Comments are closed.