नमस्तेको ‘जापान एजुकेसन सेमिनार’ पोखरा र काठमाडौंमा सम्पन्न

आर्थिक आवाज
पोखरा, १० भदौ ।

नमस्ते एजुकेसन इन्टिच्युटद्वारा आयोजित ‘जापान एजुकेसन सेमिनार’ पोखरा र काठमाडौंमा सम्पन्न भएको छ । पोखरामा बिहीबार र काठमाडौंमा शुक्रबार सेमिनार आयोजना भएको हो । सेमिनारमा पोखरामा ३ सय ५० जना र काठमाडौंमा करिब ५ सय जना विद्यार्थी सहभागी भएको प्रवन्ध निर्देशक कर्णबहादुर गुरुङले जानकारी दिए ।

सेमिनारमा जापानका उत्कृष्ट ५ वटा युनिभर्सिटीका प्रतिनिधि सहभागी भएका थिए । ४ वटा जापानीज भाषाका स्कुलका प्रतिनिधि पनि सहभागी भएका थिए । ‘उच्च शिक्षा अध्ययनका लागि जापान जान इच्छुक विद्यार्थीका लागि सेमिनार निकै प्रभावकारी बनेको छ,’ गुरुङले भने । अँग्रेजी माध्यममा पनि पढ्न मिल्ने युनिभर्सिटीको पनि सेमिनारमा सहभागिता थियो ।

खाके एजुकेसनल इन्स्टिच्युसनका ओकायामा युनिभर्सिटी अफ साइन्स, चिवा इन्स्टिच्युट अफ साइन्स, कुरासिकी युनिभर्सिटी अफ साइन्स एण्ड आर्टस् युनिभर्सिटीका प्रतिनिधि सेमिनारमा सहभागी भएका थिए । टोकियो युनिभर्सिटी अफ सोसल वेयलफियर र एसिया प्यासिफिक युनिभर्सिटीको पनि सहभागिता थियोे ।

आम्स जापानीज ल्याङवेज स्कुल, जेएसएल निप्पोन एकेडेमी, क्युसु एइसु गाक्कान जापानीज ल्याङवेज स्कुल र एचएनए जापानी ल्याङवेज स्कुलका प्रतिनिधिले पनि सेमिनारमा परामर्श सेवा प्रदान गरेका थिए । पोखरामा नमस्ते एजुकेसन इन्टिच्युट न्युरोडको सभाहलमै र काठमाडौंमा पुतलीसडक चोकमा सेमिनार भएको हो । ‘सेमिनारमा आउने विद्यार्थीलाई छात्रवृत्तिको सुविधासहित विशेष अफर र उपहार प्रदान गरिएको छ,’ गुरुङले भने ।

You might also like

Comments are closed.