नमस्तेको ‘जापान एजुकेसन सेमिनार’ पोखरामा सम्पन्न, काठमाडौंमा शुक्रबार

आर्थिक आवाज
पोखरा, ७ भदौ । नमस्ते एजुकेसन इन्टिच्युटद्वारा आयोजित ‘जापान एजुकेसन सेमिनार’ बिहीबार पोखरामा सम्पन्न भएको छ । सेमिनारमा ३ सय ५० जना विद्यार्थी सहभागी भएको प्रवन्ध निर्देशक कर्णबहादुर गुरुङले जानकारी दिए । ‘पहिलो दिनको सेमिनार पोखरामा भव्य रुपमा सम्पन्न भएको छ, हामी उत्साही भएका छौं,’ उनले भने, ‘शुक्रबार काठमाडौंमा हुने सेमिनारमा पनि विद्यार्थीको भिड लाग्नेमा हामी विश्वस्त छौं ।

सेमिनारमा जापानका उत्कृष्ट ५ वटा युनिभर्सिटीका प्रतिनिधि सहभागी भएका थिए । ४ वटा जापानीज भाषाका स्कुलका प्रतिनिधि पनि सहभागी भएका थिए । ‘उच्च शिक्षा अध्ययनका लागि जापान जान इच्छुक विद्यार्थीका लागि सेमिनार निकै प्रभावकारी बनेको छ,’ गुरुङले भने । अँग्रेजी माध्यममा पनि पढ्न मिल्ने युनिभर्सिटीको पनि सेमिनारमा सहभागिता छ । बिहीबार पोखरामा सहभागी सम्पूर्ण युनिभर्सिटी तथा भाषा स्कुलका प्रतिनिधि शुक्रबार काठमाडौंमा पनि सहभागी हुनेछन् ।

खाके एजुकेसनल इन्स्टिच्युसनका ओकायामा युनिभर्सिटी अफ साइन्स, चिवा इन्स्टिच्युट अफ साइन्स, कुरासिकी युनिभर्सिटी अफ साइन्स एण्ड आर्टस् युनिभर्सिटीका प्रतिनिधि सेमिनारमा सहभागी छन् । टोकियो युनिभर्सिटी अफ सोसल वेयलफियर र एसिया प्यासिफिक युनिभर्सिटीको पनि सहभागिता छ ।

आम्स जापानीज ल्याङवेज स्कुल, जेएसएल निप्पोन एकेडेमी, क्युसु एइसु गाक्कान जापानीज ल्याङवेज स्कुल र एचएनए जापानी ल्याङवेज स्कुलका प्रतिनिधिले पनि सेमिनारमा परामर्श सेवा प्रदान गरिरहेका छन् । पोखरामा नमस्ते एजुकेसन इन्टिच्युट न्युरोडको सभाहलमै कार्यक्रम भएको हो भने काठमाडौंमा पुतलीसडक चोकमा सेमिनार हुनेछ । ‘सेमिनारमा आउने विद्यार्थीलाई छात्रवृत्तिको सुविधासहित विशेष अफर र उपहार प्रदान गरिएको छ,’ गुरुङले भने ।

जापानमा उच्च शिक्षा अध्ययन गर्न जाँदा अपनाउनुपर्ने प्रक्रिया तथा छात्रवृत्तिका बारेमा सेमिनारमा परामर्श दिइएको छ । ‘बृहत रुपमा गरिएको सेमिनारमा जापानका धेरै विश्व विद्यालयका प्रतिनिधिहरुसंग प्रत्यक्ष रुपमा जापानको शिक्षा प्रणाली, पाठ्यक्रमका बारेमा जानकारी लिन सकिन्छ,’ गुरुङले भने ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...