नमस्ते हेयर सलुनको शाखा बिरौटामा

आर्थिक आवाज
पोखरा । पोखराको न्युरोडमा रहेको नमस्ते हेयर सलुन एण्ड टाटुले शाखा विस्तार गरेको छ । पोखराको बिरौटास्थित नमस्ते हस्पिटलको अगाडि सञ्चालनमा आएको सलुनको पोखरा महानगरपालिका वडा नं. १७ का अध्यक्ष तीर्जराज अधिकारी र पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव चीनु गुरुङले संयुक्त उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष अधिकारीले युवाहरु उद्यम क्षेत्रमा लागेर रचनात्मक काम गर्नु सकारात्मक पक्ष रहेको बताए । उद्यममा लाग्ने युवाहरुलाई वडाले पनि प्रोत्साहन गर्ने उनले भनाइ छ । पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव गुरुङले सैलुन व्यवसायको भविष्य राम्रो रहेको बताइन् । ‘सृङगारका क्षेत्रमा म लामो समयदेखि आबद्ध छु,’ उनले भनिन्, ‘व्यवसाय सञ्चालनका क्रममा आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न म तयार छु ।’

युवा उद्यमी सुरज राईले सैलुन सञ्चालकमा ल्याएका हुन् । पोखराको न्युरोडमा सैलुन सञ्चालनमा आएको १ वर्षपछि शाखा विस्तार गरिएको राईले जानकारी दिए । व्युटिसियन संघ गण्डकी प्रदेशका अध्यक्ष कल्पना कोइराला, कास्कीका अध्यक्ष शर्मिला रानाभाट लगायतले उक्त अवसरमा बोलेका थिए । कार्यक्रम सञ्चालन व्युटिपार्लर एसोसिएसन कास्कीका सचिव बबिता केसी कार्कीले गरेकी थिइन् ।

सैलुनमा हेयरकट, हेयरस्टेट, हेयर कलर, हेयर ट्रिटमेन्ट, फेसियल, शरिरमा टाटु लगायत पुरुषका लागि सृङगारसम्बन्धी सेवाहरु प्रदान गरिने राईले जानकारी दिए ।

You might also like

Comments are closed.