नयाँ कार किन्दै हुनुहुन्छ ? यी ५ सेफ्टी फिचर छन् कि छैनन् ख्याल राख्नुस्

काठमाडौं । यदि तपाईं नयाँ कार खरिद गर्ने सोच बनाउँदै हुनुहुन्छ भने तलका ५ फिचर छ कि छैन भनेर जाँच गर्नुहोस । भारतीय बजारमा १ जुलाई २०१९ देखि हरेक कारमा यी ५ फिचर हुनु अनिवार्य भएको छ ।

यी फिचरले कारको मूल्यमा २० देखि ३० हजार भारु बढ्नेछ । केही कम्पनीहरुले यी फिचरहरु दिन पनि थालेका छन् । बिस्तारै नेपालमा समेत यस्ता कार मात्र बिक्री हुनेछन् । सेफ्टी फिचरले कारमा सवार यात्रीलाई सुरक्षा समेत प्रदान गर्नेछन् ।

एयरब्याग सिस्टम
यो फिचर महँगो कारको टप भेरिएन्टमा उपलब्ध रहेको हुन्छ । भारतीय सरकारले आगामी दिनमा निर्माण हुने सबै कारमा एयरब्याग हुनुपर्ने नत्र रजिस्ट्रेशन नहुने घोषणा गरेको छ । कम्पनीको लागि अब सो फिचर दिनु अनिवार्य भएको छ । केही कम्पनीले ड्राइभर साइडमा मात्र एयरब्याग राख्ने गरेको छ भने केही कम्पनीले ड्राइभर साइडको साथै प्यासेन्जर साइडमा पनि एयरब्याग राख्ने गरेको छ ।

एबीएसको साथ ईबीडी
भारतीय सरकारले सो सेफ्टी नाम्र्सको नाम एआईएस–१४५ दिएको छ । एबीएसको साथमा ईबीडी फिचर पहिला टप भेरिएन्ट कारमा मात्र उपलब्ध थियो तर अहिले स्ट्यान्डर्ड कारमा पनि अनिवार्य भएको छ । ईबीडीको अर्थ इलेक्ट्रोनिक ब्रेकिङ फोर्स डिस्ट्रिब्युसन सिस्टम हो । यसको फाइदा भनेको चिप्लो सडकमा ब्रेक लगाउँदा कारलाई चिप्लिनुबाट बचाउनु हो ।

स्पिड अलर्ट सिस्टम
होन्डाले हालै सो फिचर सेडान कार सिटीमा उपयोग गरेको छ । सो फिचरमा यदि ड्राइभर ८० किलोमिटर प्रतिघन्टाको स्पिडमा गुडिरहेको छ भने सो सिस्टम एक्टिभ हुन्छ र अडिबल सिस्टमजस्तै कार चालकलाई सूचना दिएको हुन्छ । यदि कार १२० किलोमिटर प्रतिघन्टाको स्पिडमा गुड्यो भने सो सिस्टमले आवाज निकाल्न थाल्छ जसले कार चालकलाई होसियार हुन चेतावनी दिएको हुन्छ ।

सेन्सरको साथमा रिभर्स पार्किङ अलर्ट
सो फिचर पनि लक्जरी टप भेरिएन्ट कारमा मात्र उपलब्ध रहेको छ । अब यो सबै भेरिएन्ट कारमा दिनु अनिवार्य भएको छ । सो फिचर साधारण कारमा पनि लगाउन सकिन्छ । कार पछाडि गर्दा सो फिचर निकै उपयोगी हुन्छ । सो फिचरले पछाडिको बम्पर बचाउनुको साथै पछाडिको स्पेसको बारेमा पनि अनुमान गर्न सकिन्छ ।

सिट बेल्ट रिमाइन्डर
अधिकांश ड्राइभरको लापरवाही भनेको बिना सिट बेल्ट कार चलाउनु हो । दुर्घटनाको समयमा सिट बेल्ट निकै उपयोगी हुन्छ । सो फिचरले गम्भीर दुर्घटना हुनबाट पनि जोगाउँछ । सबै कार निर्माता कम्पनीहरुले सिट बेल्ट रिमाइन्डर जस्ता फिचर पनि राख्न थालेका छन् ।

You might also like

Comments are closed.