नयाँ प्लेटफर्म र डिजाइनसहित नयाँ अल्टो बजारमा आउँदै

काठमाडौं ।

आगामी अक्टोबरमा नयाँ जेनेरेसनको मारुती सुजुकी अल्टो आउने भएको छ । संसारमै पहिलो पटक सन् १९७९ को अक्टोबरमा अल्टो कार लन्च गरिएको थियो । सो कार लन्च भएको ४० औं वार्षिकोत्सवको अवसरमा सुजुकी जापानले नयाँ जेनेरेसनको अल्टो लन्च गर्ने योजना बनाएको हो ।

जापानमा १०७० मा लन्च गरिएको भए तापनि भारतमा भने यो कार २००० मा मात्र लन्च गरिएको थियो । त्यही अल्टो सन् २००४ देखि लगातार १४ बर्ष सम्म भारतको सबैभन्दा बढी बिक्री हुने कार बन्यो । तर सन् २०१८ मा भने मारुती सुजुकीकै डिजायरले सो उपाधि खोस्यो । हाल सम्म ३५ लाख भन्दा धेरै अल्टो कार बिक्री भइसकेका छन् ।

मारुती सुजुकी अल्टो भारत र नेपाल लगायतका देशहरुमा ‘बेस्ट सेलिङ कार’ को रुपमा परिचित छ । सानो कारको बजारमा राम्रो पहुँच बनाएको अल्टोको अपग्रेडेड भर्सनको रुपमा नयाँ अल्टो ल्याउन लागिएको हो ।

यद्यपि हाल भारतीय र नेपाली बजारमा प्रचलित मारुती सुजुकी अल्टो ८०० भन्दा अन्य देशमा प्रचलित मारुती अल्टो धेरै फरक छ । भारतीय बजारका लागि फरक प्लेटफर्म र मोटरमा यो कार उपलब्ध छ । जापानी अल्टोमा ६६० सीसीको सीभीटी टर्बो पेट्रोल इन्जिन छ, जसले ६४ एचपीको पावर दिन्छ । भारतीय भर्सनमा ८०० सीसी र १।० लिटरको इन्जिन अफर उपलब्ध हुने अनुमान गरिएको छ ।

 

समाचार अनुसार नयाँ जेनेरेसनको मारुती अल्टो हर्टेक्ट प्लेटफर्ममा विकास गरिने छ । यही प्लेटफर्ममा मारुतीका सबै कार पछिल्लो अवस्थामा विकास भइरहेका छन् । नयाँ अल्टो सुजुकी रेगिना कन्सेप्टमा आधारित हुने अनुमान समेत गरिएको छ । रेगिना कन्सेप्ट २०११ को टोक्यो मोटर शोमा सोकेश गरिएको थियो ।

भारतमा हाल प्रचलित मारुती सुजुकी अल्टो २०१२ देखि चलिरहेको छ । यसमा १।० लिटरको इन्जिन छ । यद्यपि अब भारतमा लागू हुने सेफ्टी नम्र्सलाई यसले पालना नगर्ने भएकाले पनि नयाँ अल्टो ल्याउनु पर्ने बाध्यता छ । आगामी सन् २०२० मा हुने अटो एक्सपोमा नयाँ अल्टो सार्वजनिक हुने धेरैको अनुमान छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.