नयाँ बजाज डोमिनार ४०० लन्च (मूल्य र विशेषतासहित)

काठमाडौं । बजाजले डोमिनार ४०० बाइकको नयाँ भर्सन भारतमा लन्च गरेको छ । नयाँ डोमिनारको मूल्य पुरानो डोमिनार भन्दा ११ हजार भारु बढी रहको छ । नयाँ डोमिनारमा पावरफुल डीओएचसी इन्जिन र नयाँ सस्पेन्सन जडान गरिएको छ ।

नयाँ डोमिनारमा ३७३.२ सीसी लिक्विडकुल्ड, सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । सो इन्जिनले ८६५० आरपीएममा ४० पीएस पावर दिन्छ । यो पुरानो मोडल भन्दा ५ पीएस बढी रहेको छ । कम्पनीले सो क्षमताको लागि डीओएचसी सेटअपको प्रयोग गरेको छ, जबकि पुरानो मोडलमा एसओएचसी सेटअपको प्रयोग गरिएको थियो ।

नयाँ डोमिनारको इन्स्ट्रयुमेन्ट प्यानलमा दुई वटा डिस्प्ले समावेश गरिएको छ । त्यस मध्ये एउटालाई हेडल्याम्प र अर्कोलाई फ्युल ट्यांकीमा राखिएको छ । पुरानो डोमिनारमा पनि यस्तै सेटअपको प्रयोग गरिएको थियो तर नयाँ मोडलमा पुरानो मोडल भन्दा थप जानकारीका साथमा राखिएको छ ।

बजाजको नयाँ डोमिनार ४०० मोडलमा केटीएम ३९० ड्युकमा जस्तै ४३ एमएम युएसडी फोक्र्सको प्रयोग गरिएको छ । सो बाइकले बीएमडब्ल्यु जी ३१० आर र टीभीएस अपाचे आरआर ३१० सँग प्रतिस्पर्धा गर्नेछ ।

You might also like

Comments are closed.