नयाँ बर्षको अघिल्लो रात दमौलीमा अबेरसम्म लजको सुविधा

पुस ११,तनहुँ ।
अंग्रेजी नयाँ वर्ष २०१९ को अबसरमा दमौलीका लजहरु अबेरसम्म खुल्ला रहने भएका छन् । लायन्स क्लव अफ तनहुँ दमौलीले आयोजना गर्न लागेको नयाँ बर्ष २०१९ महाउत्सवलाई लक्षित गर्दै दमौली आसपासका होटलहरुले सर्वसाधारणलाई राती १ बजेसम्म बाँसको सुबिधा उपलब्ध गराउने भएका हुन् ।

कार्यक्रम राती अबेरसम्म हुनेहुदाँ कार्यक्रममा सहभागी हुन आउने आगन्तुक पाहुनालाई बाँसको समस्या हुन नदिन होटल व्यवसायीहरुले अबेरसम्म ग्राहकलाई लजको सुविधा दिने सहमती भएको क्षेत्रीय होटल संघका सचिव विकास खनालले बताए । ‘नयाँ वर्षलाई स्वागत गर्न ठूला संख्यामा यहाँका युवाहरु अन्यत्र जाने गर्थे,’ उनले भने, ‘यही कार्यक्रम हुने भएकाले संस्थागत रुपमा नै हामीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हौ।’

नयाँ वर्ष २०१९ महाउत्सव प्रत्यक्ष रुपमा होटल व्यवसायसंग सम्बन्ध राख्ने भएकाले क्षेत्रीय होटल संघ र होटल व्यवसायी संघले सर्वसाधारणलाई राती अबेरसम्म लज सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । दमौली बजारमा साना र ठूला गरी ३ सय होटलमा करिब १ हजार ग्राहकलाई बासको सुविधा दिनसक्ने छन ।

लायन्स क्लवअफ तनहुँ दमौलीले पुस १६ गते आयोजना गरेको नयाँ वर्ष २०१९ महाउत्सवमा मन्त्र ब्याण्डका कलाकारसंगै राष्ट्रिय कलाकार रामजी खाण, माण्डवी त्रिपाठी, शोभा त्रिपाठी, घनश्याम रिजाल लगायतका कलाकारको सांगितिक प्रस्तुती रहनेछ । नयाँ वर्ष २०१९ महाउत्सवका लागि आवश्यक तयारी तिब्र रुपमा भईरहेको कार्यक्रमका संयोजक राजकुमार श्रेष्ठ राकुले बताए ।

You might also like

Comments are closed.