लेखनाथ १३,फागुन ।
नेपाली नयाँ वर्ष २०७५का अवसरमा लेखनाथ होटल तथा रेष्टिुरेन्ट एसोशियसनले तीन दिने फिस फेस्टीबलको आयोजना गर्ने भएको छ ।
विगतका माछा महोत्सव भन्दा यस वर्षको महोत्सवलाई पृथक र प्रभावकारी तरिकाले संचालन गर्नका लागि नयाँ वर्षलाई रोजीएको एसोशियसनका निबर्तमान अध्यक्ष दामोदरभक्त थापाले जानकारी दिए ।
आन्तरिक तथा बाह्य पर्यटन प्रर्बद्धनमा टेवा पु¥याउने उद्धेस्यले चौंथो संस्करणको फिस फेस्टीबल आगामी चैत २९,३० र बैशाख १ गते गर्न लागिएको हो ।
स्थानिय जातका माछाको स्वाद चाख्न देखी माछा उत्पादन प्रविधिका बारेमा जानकारी दिन र लिनका लागि फिस फेस्टीबल सहयोगी हुने आयोजकको विश्वास छ ।
फेस्टीबललाई प्रभावकारी तरिकाले संचालन गर्नका लागि बिभिन्न उप समितिहरु गठन गरि तयारीलाई तिव्रताका साथ अगाडी वढाईएको छ भने यस वर्षको फिस फेस्टीबलमाखुल्ला भलिवल प्रतियोगिता, ढुङगा दौड प्रतियोगिता, पौडी प्रतियोगिता र बल्छी खेल्ने प्रतियोगीताका साथै अन्य मनोेरन्जनात्मक सास्कृतीक कार्यक्रमहरु राखिने एसोशिएसनका अध्यक्ष कृष्णप्रसाद तिवारीले जानकारी दिए ।
Comments are closed.