नयाँ वर्ष इभमा बाजेको सेकुवामा कन्र्सट

पोखरा, १७ पुस । अंग्रेजी नयाँ वर्षको अवसरमा बाजेको सेकुवा रेष्टुरेण्ट पोखराले विशेष कार्यक्रम आयोजना गरको छ । आफ्ना ग्राहकलाई लक्षित गर्दै अंग्रेजी नयाँ वर्ष इभ पुस १६ गते पोखराको अण्डरग्राउण्ड ब्याण्ड विटनेसले चल्तीका विभिन्न २ दर्जन गीत गाएर दर्शकलाई मन्त्रमुग्ध पारेका थिए । लाइभ कन्सर्ट आफ्ना ग्राहकहरुलाई मनोरञ्जन दिनका लागि आयोजना गरिएको रेष्टुरेण्टका सञ्चालक एकराज गिरीले बताए ।

विशेष कार्यक्रममा रेष्टुरेण्टको मेनुमा पनि विशेष छुटको व्यवस्था गरिएको थियो । ग्राहक बिच शुभकामना आदानप्रदान गर्नका लागि पनि कार्यक्रमको आयोजना गरिएको हो ।

यता, पोखराको लेकसाइडस्थित होटल सनरुट रिसोर्टले चर्चित गायक धर्मेन्द्र सेवानसँग नयाँ वर्षलाई स्वागत गरेको छ । गायक सेवानले आफ्ना चर्चित १ दर्जन गीत सुनाएर नयाँ वर्षको स्वागत गरेका हुन् । आतिशबाजीको निकै मनोरम दृष्यका बिच गीतसंगै दर्शकलाई शुभकामना दिंदै कार्यक्रमको बिट मारेका थिए । रिसोर्टका सञ्चालक प्रदिप कुँवरले ग्राहकलाई फरकपनको महसुस गराउनका लागि साँगितिक कार्यक्रम गरिएको बताए ।

You might also like

Comments are closed.