नयाँ वर्ष महाउत्सवको तयारी अन्तिम चरणमा

पुस १५,तनहुँ ।

अंग्रेजी नयाँ वर्ष २०१९ को उपलक्ष्यमा लायन्स क्लब अफ तनहुँ दमौलीले आयोजना गरेको प्रथम नयाँ वर्ष महाउत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आइतबार दमौलीमा पत्रकार सम्मेलन गरि कार्यक्रमको ९५ प्रतिशत तयारी पूरा भएको आयोजकले जानकारी गराएको हो । स्टेज व्यवस्थापन, स्टेजमा लाइटहरु जडान, सिसिटिभी जडान, कार्यक्रम स्थल बारने लगायतका कार्यहरु लगभग अन्तिम चरणमा पुगेको क्बलका द्धितीय उपाध्यक्ष राजु रानाले जानकारी दिए ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको मन्त्र ब्यान्ड आइतबारै दमौली आइपुगेको छ । ब्यान्डका ७ जनाको टिमले सांगितिक प्रस्तुति दिनेछन् । अन्य विभिन्न ठाउँबाट कार्यक्रमको लागी अफर आउँदा आउदै पनि नयाँ परिवेशबारे बुझ्न् दमौलीलाई प्राथमिकता दिएको मन्त्र ब्यान्डका प्रज्ञा लामाले बताए । त्यस्तै कार्यक्रममा गायक रामजी खाँण, घनश्याम रिजाल, माण्डवी त्रिपाठी, शोभा त्रिपाठी लागयत चर्चित कलाकारहरुको समेत  प्रस्तुति रहने आयोजकले जनाएको छ ।

सुरक्षा व्यवस्था बारे जानकारी गराउदै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले कार्यक्रमको लागि विषेश सुरक्षा योजना बनाएको जानकारी दिए । चरणवद्ध रुपमा १ सय ४६ जना सुरक्षार्की खटाउने तयारी गरिएको र जिल्लामा अपुग सुरक्षाकर्मी बाहिरबाट ल्याउने निर्णय गरेको अर्यालले बताए । “सुरक्षाको लागि ठाउँ ठाउँ चेक प्वाइन्ट ,पैदल गस्ती ,साइकल गस्ती , गाडी तथा मोटरसाइकल गस्ती टोली खटाउने छौँ अर्यालले भने ” । सर्वसाधारणलाइ निर्धक्क भएर कार्यक्रममा सहभागी भइ कार्यक्रम सफल बनाउन उनले आग्रह गरे ।

कार्यक्रममा सहभागी हुन आउने पर्यटकहरुलाई राति अवेरसम्म लजको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । क्षेत्रीय होटल संघ र होटल संघ तनहुँसँगको सहकार्यमा पाहुनाहरुलाई राति अवेरसम्म लजको सुविधा दिने क्लबका अध्यक्ष राजकुमार श्रेष्ठ ‘राकु’ले बताए ।

व्यवसाय, पर्यटन र संस्कृतिको प्रवद्र्धन समेतको उद्देश्य राखेर आयोजित कार्यक्रमको लक्ष्य नयाँ वर्ष मनाउने सन्दर्भमा अन्यत्र जाने युवा जमातलाई दमौलीमा रमाउने वातावरण सिर्जना गर्नु पनि रहेको श्रेष्ठको भनाई छ । ,भोलि बिहान ११ः३० देखी सुरु हुने कार्यक्रम नयाँ वर्षलाई स्वागत गर्दै राति १ बजे समापन गर्ने आयोजकले तयारी गरेको छ ।

You might also like

Comments are closed.