नयाँ संक्रमित पोखराको नयाँबजारका

पोखरा । सोमबार बिहान कोरोना संक्रमण पुष्टि भएका एक जना पोखराको नयाँबजारका व्यक्ति भएको पुष्टि भएको छ ।

४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जानकारी प्राप्त भएपनि थप विवरण बुझ्ने क्रममा रहेको पोखरा ९ का वडा अध्यक्ष रामराज लामिछानेले जानकारी दिए ।

संक्रमित पुरुष पोखराको क्वारेन्टाइनमा रहेकाले धेरैसँग सम्पर्क नभएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी थिए ।

पोखराको क्वारेन्टाइनमा प्राय भारतबाट आएकाहरुलाई राखिएकाले उनी पनि भारतबाटै आएको हुनसक्ने बताइएपनि पुष्टि भइसकेको छैन ।

You might also like

Comments are closed.