नवनियुक्त कर्मचारीहरुको लागिअभिमुखीकरण तथा बैंकिङ तालिम सम्पन्न

पोखरा, १७ असोज ।

सांग्रीला डेभलपमेन्ट बैंक लि.ले नबनियुक्त कर्मचारीहरुलाई अभिमुखीकरण तथा बैंकिङ तालिम सम्पन्न गरेको छ । नवनियुक्त कर्मचारीहरुलाई बैंक सम्बन्धीत कामहरु तथा नीति नियमको बारे जानकारी दिने, सिकाउने तथा सामाजीकरण गराउने उद्देश्यले तालीम दिइएकोे हो । तालिममा नवनियुक्त ७६ जना कर्मचारी सहभागी थिए ।

१० दिने तालिम कार्यक्रमको समापनमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले नबनियुक्त कर्मचारीहरुलाई हौसला प्रदान गर्दै यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफुले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयंको तथा बैंकको दिगो विकासमा योगदान हुने बताए । ले कर्मचारीको सीप बिकास तथा आत्मविश्वासमा बृद्घि गर्ने भएकोले यस्ता किसिमका तालिमका कार्यक्रमहरु निकट भविष्यमा पनि आयोजना गरिने श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा सहभागी कर्मचारीहरुले तालिमबाट काम गर्ने हौसला मिलेको साथै सबैसंग चिनजान गर्ने मौका मिलेको हुनाले तालिम निकै लाभदायक भएको बताए । सांग्रीला डेभलपमेन्ट बैंकले खोल्न लागेका नयाँ शाखाहरु संचालनमा आए पश्चात बैंकको शाखा संजाल देशभर ८७ पुग्नेछन् ।

You might also like

Comments are closed.