काठमाडौं । नेपाल सरकारका नवनियुक्त तीन मन्त्रीले बिहीबार नेपालको संविधानको धारा ८० बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिनेहरुमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठ छन् ।
तीनै जना प्रधानमन्त्रीको सिफारिशमा बुधबार मन्त्रीमा नियुक्त भएका हुन् । सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री लगायत उपस्थित थिए ।
Comments are closed.