नवसाथी सहकारीको साधारणसभा तथा वनभोज

पोखरा, २३ मंसिर ।

पोखरा महानगरपालिका वडा नं. ८ सभागृहचोक स्थित नवसाथी बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा एवं वनभोज कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

संस्थाका जेष्ठ सदस्य खुम बहादुर लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शेयर सदस्य नवराज दवाडी, सल्लाहकार रामकृष्ण के.सी.लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त अवसरमा संस्थाका अध्यक्ष अर्जुन बहादुर थापाले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष कृष्ण प्रसाद लामिछानेले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक प्रदीप थापाले लेखासमितिको प्रतिवेदन पेश गरेका थिए ।

सोही अवसरमा एसइइ र १०+२ मा उत्कृष्ट विद्यार्थी, असल कारोवारी गरी ५ जनालाई सहकारीको तर्फबाट सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारीको रुपमा दीपक बगालेलाई समेत सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष अर्जुन बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षा समिति संयोजक शंकर थापा, सहकारीका सात सिद्धान्त वाचन महिला समिति सदस्य लक्ष्मी परियार र कार्यक्रमको संचालन सचिव शिवजी पौडेलले गरेका थिए ।

You might also like

Comments are closed.