नवसिद्धार्थ महिला सहकारीको आयोजनामा थाइराइड सचेतना तथा मधुमेह परीक्षण

पोखरा, २४ साउन ।

नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्था पोखराको आयोजनामा थाइराइड सचेतना तथा मधुमेह परीक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै सहकारीले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा सहकारीका सेयर सदस्यको मधुमेह परीक्षण गरिएको कार्यक्रम संयोजक इन्दिरा मर्सानीले जानकारी दिइन् । सिद्धार्थ हेल्थ केयर सेन्टरका डाक्टर मन गुरुङले थाइइराइडको वारेमा जानकारी मुलक मन्तव्य राखेका थिए ।

सहकारीका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष तथा जिल्ला सहकारी संघ कास्कीका उपाध्यक्ष सावित्रा कोइराला, संस्थापक अध्यक्ष शान्ता श्रेष्ठ, निवर्तमान अध्यक्ष पार्वती माकाजू लगायतले बोलेका थिए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...