नवीन सहकारीको आयोजनामा महिला उद्यमशिलतावारे अन्तरक्रिया

पोखरा, ११ चैत
नवीन बचत तथा ऋण सहकारी संस्था लि को आयोजनामा महिला उद्यमशिलता विकास वारे प्रशिक्षण तथा अन्तरक्रिया सम्पन्न भएको छ । सहकारीको शिक्षा उपसमितीकिो आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा सहजिकरण गर्दै क्वालिटी म्यानेजमेन्ट एकेडेमीका प्रवन्ध निर्देशक कृष्णराज पोखरेलले उद्यमशिलता अहिलेको आवस्यकता भएकोले उद्यमशिलता विकास गर्नुपर्नेमा जोड दिए । सहकारीका वरिष्ठ व्यवस्थापक अपिल कोईरालाले उद्यमशिलताका क्षेत्रमा रहेका चुनौति, अवसर तथा समाधानका उपायवारे वोलेका थिए ।

कार्यक्रममा सहकारीका अध्यक्ष नारायण प्रसाद अधिकारी, सचिव नारायण श्रेष्ठ, उपसमितीका सदस्य अम्विका कोईराला, सेयर सदस्य कविता श्रेष्ठ, विष्णु कोईराला लगायतले वोलेका थिए ।

शिक्षा उपसमिती संयोजक ईनु कोईरालाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पुष्पराज कोईरालाले गरेका थिए ।

You might also like

Comments are closed.