नवौं क्यान इन्फोटेक आजबाट पोखरामा, १० देखि ७० प्रतिशतसम्म छुट

आर्थिक आवाज / पोखरा । पोखराको नयाँबजारमा शुक्रबारदेखि आयोजित क्यान इन्फोटेकलाई लक्षित गरी विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । आयोजक संस्था क्यान कास्कीले इन्फोटेकमा रहेका प्रत्येक स्टलमा सामान खरिद गर्दा १० देखि ७० प्रतिशतसम्म छुट प्रदान गरिने क्यान कास्कीका प्रथम उपाध्यक्ष नविन पौडेलले जानकारी दिए ।

इन्फोटेकलाई प्रविधिमैत्री बनाउने क्रममा अनलाइनमा टिकट काट्ने व्यवस्था गरिएको छ । आइपेसँगको सहकार्यमा अनलाइनबाट टिकट काट्ने व्यवस्था गरिएको अध्यक्ष युवराज पौडेलले जानकारी दिए । अनलाइनमा टिकट काट्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको टिकट व्यवस्थापन उपसमिति संयोजक ईश्वर चालिसेले जानकारी दिए । साधारण टिकट शुल्क ५० र विद्यार्थीको टिकट शुल्क २५ रुपैयाँ तोकिएको छ ।

प्रत्येक टिकटमा फरक बारकोट प्रविधि प्रयोग गरिएको क्यान कास्कीका द्वितीय उपाध्यक्ष तथा प्रचारप्रसार संयोजक रुक्मागत भण्डारी विश्वासले जानकारी दिए । ‘टिकटमा प्रत्येक दिन आकर्षक पुरस्कार व्यवस्था गरिएको छ,’ उनले भने ।

प्रवेश टिकटमा ल्यापटप उपहार प्रदान गरिने क्यान कास्कीका पूर्व अध्यक्ष तथा पाण्डे कम्प्युटरका सञ्चालक गुणानिधी पाण्डेले जानकारी दिए । पाण्डे कम्प्युटरले ल्यापटप स्पोन्सर गरेको हो । इन्फोटेकको अन्तिम दिन लक्की ड्रका आधारमा भाग्यमानी दर्शकलाई ल्यापटप उपहार प्रदान गरिने पाण्डेले जानकारी दिए ।

इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, आइसिटी कन्फरेन्स, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, कलेज स्तरीय आइटी क्विज कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नविनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण गरिने सचिव विकास भुर्तेलले जानकारी दिए । ‘इन्फोटेकका अवसरमा पुरानो ल्यापटपलाई उचित मूल्य दिएर साटफेर गर्ने व्यवस्थासमेत गरिएको छ,’ उनले भने । इन्फोटेकको करिब १ लाख दर्शकले अवलोकन गर्ने आयोजकको विश्वास छ । इन्फोटेकबाट बचत रकमलाई बिगतका वर्षहरुमा जस्तै सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिने भुर्तेलले बताए ।

इन्फोटेकको मुख्य प्रायोजन डिजी कमले गरेको छ भने इन एसोसिएस विथमा नेटिस, पावर्ड बाईमा के सेभेन र म्याक्याफी एन्टीभाइरस छन् । सपोर्टेट बाईमा कङगारु एजुकेशन फाउण्डेसन, डाइमण्ड स्पोन्सरमा डेल, एडिम्याक्स र क्यानोन, गोल्ड स्पोन्सरमा एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस, सिल्भर स्पोन्सरमा इन्सर्च इन्टरनेशनल इन्स्टिच्युट र एक्सेस एजुकेशन नेटवर्क छन् । बैंकिङ पार्टनरमा सनराइज बैंक, प्रिन्टिङ पार्टनरमा कोनिका मिनोल्टा, इन्टरनेट पार्टनरमा टेक माइन्ड्स नेटवर्क, पेमेन्ट पार्टनरमा आइपे, इन्स्योरेन्स पार्टनरमा नेको इन्स्योरेन्स, आइटी पार्टनरमा वेभसफ्ट, हस्पिटालिटी पार्टनरमा कुटी रिसोर्टले साथ दिएको सहसचिव सेवक क्षितिजले जानकारी दिए ।

You might also like

Comments are closed.