नवौं पोखरा महोत्सवको तयारी तिब्र, उपसमिति र सल्लाहकार चयन

आर्थिक आवाज
पोखरा, २ मंसिर । आगामी पुसको २७ देखि माघको ८ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने नवौं संस्करणको पोखरा महोत्सवको तयारीलाई तिब्र बनाइएको छ । नवौं पोखरा महोत्सवलाई भब्य र सभ्य बनाउन क्लबले शनिवार विभिन्न उपसमिति तथा सल्लाहकारहरु समेत चयन गरेको छ ।

क्लबका अध्यक्ष लालकाली गुरुङको संयोजकत्वमा महोत्सव मूल आयोजक कमिटी रहने गरी ४१ वटा उपसमिति र ३० जना सल्लाहकार चयन गरिएको क्लवका महासचिव शान्ता बहादुर थापाले जानकारी दिए ।

महोत्सव सफल बनाउन कार्य सम्पादन उपसमितिमा सुक बहादुर गुरुङ, अतिथी व्यवस्थापनमा हिमालय बख्रेल, कलाकार व्यवस्थापन उपसमितिमा राजु श्रेष्ठ, सचिवालय उपसमितिमा लोक बहादुर थापा, प्रचारप्रसारमा शान्ता बहादुर थापा, अर्थ तथा स्टल व्यवस्थापनमा गणेश तिमिल्सिना, सुरक्षा व्यवस्थापनमा सूर्य बहादुर बानिया, अतिथी सत्कार व्यवस्थापनमा निर्मला लामिछाने, मञ्च व्यवस्थापनमा पूर्णकला पोख्रेल, टिकट व्यवस्थापनमा दिनेश सुनार, मायाको चिनो व्यवस्थापनमा जयराम आचार्य, खाना खाजा व्यवस्थापनमा देवानी सुवेदी, संघसंस्था समन्वयमा सीमा गुरुङ, व्यानर व्यवस्थापनमा पूर्ण श्रेष्ठ, स्वयंसेवक परिचालनमा विष्णु कुमार गुरुङलाई चयन गरेको छ ।

पार्किङ व्यवस्थापनमा सन्तोष कार्की, मुलद्वार व्यवस्थापनमा शिव थापा, झाँकी ¥याली व्यवस्थापनमा सम्मर बहादुर श्रेष्ठ, मुल्यांकन उपसमितिमा क्याप्टेन फत्त बहादर गुरुङ, अनुगमन उपसमितिमा मेजर हितमान गुरुङ, महिला समूह परिचालनमा शान्ति सुवेदी, पर्यटन व्यवस्थापनमा कृष्ण बहादुर थापा मगर, प्रकाशन तथा मुद्रणमा ऋषिराज बराल, विद्युतीय सुरक्षामा राजेन्द्र तिवारी, यातायात व्यवस्थापनमा श्यामकृष्ण श्रेष्ठ, हस्तकलामा सविता रञ्जित श्रेष्ठ, खानेपानी व्यवस्थापनमा सुवेदार जस बहादुर गुरुङ, सरसफाइ व्यवस्थापन नविन श्रेष्ठ, स्मारक निर्माणमा सिद्धि कुमार श्रेष्ठ, बिद्युत व्यवस्थापनमा हरि श्रेष्ठ, विद्यालय समन्वयमा राजेन्द्र बहादुर थापा, विमा व्यवस्थापनमा लिलाधर अधिकारी, प्राथमिक उपचार व्यवस्थापनमा नरहरि पनेरु, बाल उद्यान व्यवस्थापनमा बिजयमान गुरुङ, ट्राफिक व्यवस्थापनमा रामबहादुर थापा मगर, मिडिया कोअर्डिनेटरमा गिता राना मगर, फोटो तथा भिडियोग्राफीमा महेन्द्र भुर्तेल, पृष्ठपोषणमा रिम बहादुर क्षेत्री, कार्यालय सचिवमा मनिशा परियार रहेका छन् ।

सल्लाहकारहरुमा विश्व प्रकाश लामिछाने, सेती थापा, सुशीलराज पराजुली, रमेश बहादुर कार्की, प्रेम छिरी शेर्पा, पोखरा महानगरका वडाहरु १०, ११, १२, १३, १४, १५, १८, २४, ३० र ३१ का वडा अध्यक्षहरु, तीर्थलाल श्रेष्ठ, भरत केसी, सञ्जिव वहादुर कोइराला, शिव वहादुर वराल, दान बहादुर गुरुङ, तेज बहादुर गुरुङ, रिसभ देव बास्तोला, राजेन्द्र बहादुर कार्की, पवित्रादेवी गुरुङ, कृष्ण बहादुर थापा, गोपाल गुरुङ, निलकण्ठ पोख्रेल (निश्चल), गोविन्द घिमिरे र योगेन्द्र बहादुर बस्नेत छन् ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...