नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने

पोखरा १२, वैशाख

आगामी दुई बर्ष पछि गण्डकी प्रदेशमा नवौं राष्ट्रिय बृहत खेलकुद प्रतियोगिता हुने भएको छ । प्रदेश नम्बर ५ को नेपालगन्ज रंगशालामा बुधबार साझँ समापन भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अवसरमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने गरी झण्डा हस्तान्तरण गरिएको हो ।

उक्त समारोहका प्रमुख अतिथि उपराष्ट्रपति नन्द बहादुर पुुन, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले बुधबार साझँ पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ सहित खेलाडीहरुको टोलीलाई झण्डा हस्तान्तरण गरेका हुन् । कार्यकममा राखेपका सदस्य द्धय राजेशकुमार गुरुङ र अस्मिता गुरुङ लगायतको सहभागिता रहेको थियो ।

विजेता टोलीलाइ पुरस्कार वितरण गर्दै उपराष्ट्रपति पुनले नवौं राष्ट्रय खेलकुद प्रतियोगिता आयोजना हुने प्रदेश गण्डकी प्रदेशलाई समयमै तयारीमा जुट्न आग्रह गरे । पर्यटकीय नगरी पोखरामा केन्द्र हुने गरी खेलपूर्वाधार निमार्णलाई भइरहेकोमा खुसि व्यक्त गर्दै नवौं खेलकुद अझ व्यबस्थित पार्न सवैलाइ समयमै लाग्न उनले अनुरोध समेत गरे । प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम तय भए पनि बिशेष कारणले प्रधानमन्त्री कार्यक्रममा सहभागि नहुने भए पछि उपराष्ट्रपति कार्यक्रममा सहभागि भएका हुन् । वैशाख ५ गते राष्ट्रपति बिद्यादेवि भण्डारीले उक्त प्रतियोगिताको उद्घाटन गरेकी थिइन् । राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेशमा केही खेलकुदका भौतिक संरचना निमार्ण भएको त केही निमार्णको क्रममा भएकोले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने निर्णय गरेको राखेपका सदस्य राजेशकुमार गुरुङले बताए ।

नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुदले गर्दा उक्त क्षेत्रमा करिब एक अर्ब बढीको खेलकुदको पुर्वाधारमा लगानी भएको मध्यपश्चिम क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले बताए । गत चैत २७ गते देखि अनौपचारिक रुपमा विभिन्न खेलकुद प्रतियोगिता सुरु भएको थियो । ३ सय ७२ वटा स्वर्ण पदकको लागि भनि खेल पुर्व घोषणा गरे पनि आर्चरी, ट्याथलन, वडिविल्डिङ खुल्ला इभेन्ट भएकोले उक्त पदक र्याङकिङमा नजोडिएको हो । प्रतियोगितामा त्रिभुवन आर्मी प्रथम भएको छ भने पुलिस दोश्रो र एपिएफ तेश्रो प्रदेश नम्बर ३ चौथो र गण्डकी प्रदेश पाचौं भएको छ । आयोजक प्रदेश नम्बर ५ भने छैठौं स्थानमा रहेको छ ।

यसै बिच बुधबार नेपालगन्ज फुटवल मैदानमा भएको पुरुष फुटवलमा त्रिभुवन आर्मीले नेपाल पुलिस क्लवलाई १–० ले पराजित गर्दै स्वर्ण पदक जितेको हो । खेलको ४३ औं मिनेटमा आर्मीका विकास तामाङले निर्णायक गोल गरे । पुलिसले रजत पदम हात पार्यो । पुरुष तर्फको क्रिकेट खेलमा भने एपिएफले स्वर्ण पदक जितेको छ । एपिएफले पुलिसलाई बुधबार भएको फाईनल खेलमा ३२ रजले पराजित गर्दै स्वर्ण पदक प्राप्त गरेको हो । टिम इभेन्ट तर्फ गण्डकी प्रदेशले भने पहिलो स्वर्ण पदक हात पार्यो । गण्डकी प्रदेशले एपिएफलाई ३७–३३ को गोल अन्तरले पराजित गरेको थियो । महिला तर्फको ह्याण्डवलमा आर्मीले एपिएफलाई पराजित गरी स्वर्ण पदक जितेको थियो । त्यसै गरी भलिवल पुरुष तर्फ नेपाल पुलिस र महिला तर्फको भलिवलमा एपिएफले स्वर्ण पदक जितेका हुन्।

ह्याण्डबलका खेलाडीद्धारा सन्यासको घोषणा
नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद अन्तरगतको अवसरमा ह्याण्डबलका तीन जना खेलाडीले सन्यास लिएकाछन्। प्रदेश नं ३ बाट ह्याण्डबल खेलेका अमर श्रेष्ठ सहित तीन जनाले सन्यास लिएका हुन् । कार्यक्रममा लामो समय ह्याण्डबल खेल खेलेर खेलकुदमा योगदान पु¥याएको भन्दै खेलाडी श्रेष्ठ सहित राजिनकुमार सिजापति र दिनेश कुमार बिष्टलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरिएको थियो ।

खेलमा महिला, पुरुष दुवैतर्फ उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कार वितरण गरियो । महिलातर्फको ह्याण्डबलमा विभागीय सशस्त्र प्रहरी बल एपीएफकी बन्दना राई उत्कृष्ठ खेलाडी बनिन् । त्यस्तै, विभागीय एपीएफकै सन्दीप कार्की पुरुषतर्फको उत्कृष्ठ खेलाडी बने । महिलातर्फ विभागीय नेपाली सेनाको त्रिभुवन आर्मीकी कविता राई र गण्डकी प्रदेशका सन्तोष श्रेष्ठ सर्वाधिक गोलकर्ता बने । प्रतियोगितामा पुरुष तर्फ गण्डकी प्रदेश र महिला तर्फ त्रिभुवन आर्मीले स्वर्ण पदक ल्याउदा एपिएफले दुबै विधामा रजत पदक प्राप्त गरेको थियो । गण्डकी प्रदेशको ह्याण्डवलको टोली बुधबार पोखरा फर्किएको नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज बहादुर गुरुङले बताए ।

You might also like

Comments are closed.