नवौ पोखरा महोत्सवमा सुरक्षा ब्यवस्था कडा पारिने

पोखरा, २४ पुस
नवौ पोखरा महोत्सवलाई कास्कीका सम्पूर्ण सुरक्षा निकायले साथ दिने भएका छन । युनाइटेड क्लवको आयोजनामा आगामी पुसको २७ देखि माघको ८ गते सम्म अमरसिंह चौरमा सञ्चालन हुने पोखरा महोत्सवलाई सुरक्षित रुपमा सञ्चालन गर्न कास्कीमा रहेका चार वटै सुरक्षा निकायले साथ दिने भएका हुन ।
सोमबार जिल्ला प्रशासन कार्यालय कास्कीमा सम्पन्न भेलामा उपस्थित कास्कीका चार वटै सुरक्षा निकायले पोखरा महोत्सवलाई सुरक्षित वातावरणमा सम्पन्न गर्न आयोजकसँग सहकार्य गरेर अगाडी वढ्ने प्रतिवद्धता जनाएका हुन ।

सो अवसरमा वोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले महोत्सवलाई सुरक्षित तवरले सञ्चालन गर्नका लागी कास्की प्रशासनले कुनै कसुर बांकी नराख्ने वताए । महोत्सवमा भीडभाड वढी हुने भएकाले सुरक्षा निकाय संग समन्वय गरेर अगाडी वढ्न समेत आयोजक युनाइटेड क्लवलाई वुढाले आग्रह गरे ।  नेपाली सेना सिद्धिबक्स गण फुलबारी ब्यारेकका प्रमुख सेनानी मदन थापाले अन्य सुरक्षा निकाय संग समन्वय गरेर महोत्सवको सुरक्षामा नेपाली सेनाको तर्फबाट समेत सहयोग हुने वताए ।

त्यसैगरी कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर राना मगरले महोत्सवको सुरक्षामा कास्कीका सम्पूर्ण सुरक्षा निकायले समन्वय गरी पूर्ण रुपमा सुरक्षित बनाउने वताए । महोत्सवमा हुने भीडभाडलाइ लक्षित गरी चार वटै सुरक्षा निकायबाट सादा पोशाकका जवानहरु ब्यापक रुपमा परिचालन गरी महोत्सवमा आउने सम्पूर्णलाई सुरक्षाको प्रत्याभुति दिलाउने रानाको भनाइ रहेको थियो ।

त्यस्तै ससस्त्र प्रहरी वल कालिका गणका गणपति ससस्त्र प्रहरी उपरिक्षक मुरारि बस्नेतले ससस्त्र प्रहरीले पनि विगतका महोत्सवहरुमा जस्तै यो पटक पनि सुरक्षाका लागी आफ्नो तर्फबाट सहयोग गर्ने वताए ।  युनाइटेड क्लवका अध्यक्ष तथा नवौ लालकाजी गुरुङले महोत्सवको सुरक्षाका लागीसम्पूर्ण सुरक्षा निकायको साथ रहने विश्वास व्यक्त गरे ।

महोत्सवमा हुने गतिविधी र सुरक्षालाई मध्येनजर गरी महोत्सव स्थल परिसरलाई पूर्ण रुपमा सिसि क्यामेराको निगरानीमा राखिने विद्युतिय सुरक्षा उपसमिती संयोजक तथा स्काइलिंक प्रालिका सञ्चालक राजेन्द्र तिवारीले बताए ।
त्यस्तै निजी सुरक्षा कम्पनीको जिम्मा पाएको जेट सेक्युरिटी प्रालिका म्यानेजिङ डाइरेक्टर कृष्ण प्रसाद सुवेदीले महोत्सवमा निजी कम्पनीको तर्फबाट २० देखी ३० जना सुरक्षा गार्ड उपलब्ध गराइ सुरक्षा निकाय संग समन्वय गरी महोत्सवको सुरक्षा ब्यवस्था मिलाइने वताए ।

ट्राफिक ब्यवस्थापन उपसमिती संयोजक राम बहादुर थापा मगरले महोत्सवमा उचित पार्किङको ब्यवस्था मिलाइएकाले कुनै पनि किसिमको बाधा उत्पन्न नहुने वताए । त्यस्तै स्वयंसेवक परिचालन उपससमिती संयोजक विष्णु कुमार गुरुङले महोत्सवलाई सुरक्षित बनाउनका लागी करिव २५ देखि ३० जना स्वयंसेवकहरुले सुरक्षा कर्मी संग समन्वय गर्ने वताए ।

You might also like

Comments are closed.