नवौ पोखरा महोत्सवलाई ३ सय वढी संघ सस्थाले सहयोग गर्ने

आर्थिक आवाज
पोखरा २० पुस ।
नवौ पोखरा महोत्सवलाई पोखरामा रहेका विभिन्न संघ संस्थाहरुले साथ दिने भएका छन । आगामी पुसको २७ देखी माघको ८ गते सम्म युनाइटेड क्लवको आयोजनामा अमरसिंह चौरमा सञ्चालन हुने नवौ संस्करणको पोखरा महोत्सवलाई पोखरा उपत्यका भित्र रहेका ३ सय वढी संघ संस्थाहरुले झांकी तथा ¥यालीको माध्यामबाट सहयोग गर्ने भएका हुन ।

क्लवको प्राङ्गणमा शुक्रबार आयोजित भेलामा उपस्थित संघ सस्थाका प्रतिनिधीहरुले युनाइटेड क्लवले महोत्सवकै माध्यामबाट सामाजिक काममा अगाडी वढिरहेकोले पोखरा महोत्सव युनाइटेड क्लवको मात्र नभइ आफुहरुको समेत महोत्सव रहेको वताएका थिए ।
महोत्सवको माध्यमबाट क्लवले पोखरामा मात्र नभइ समग्र गण्डकी प्रदेशमै सामाजिक काम गरिरहेको चर्चा गर्दै महोत्सवमा आफुहरुले स्वस्फुर्त रुपमा सहयोग गर्न तत्पर रहेको उनीहरुको भनाइ रहेको थियो ।

अधिकांश संघ सस्थाका अध्यक्ष हरुले युनाइटेड क्लवको पोखरा महोत्सवलाई अघिल्लो संस्करणहरुमा समेत सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि पोखरा महोत्सवलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
सोही अवसरमा नवौ पोखरा महोत्सव झांकी ¥याली ब्यवस्थापन उपसमिती संयोजक सम्मर बहादुर श्रेष्ठले पोखरामा रहेका सम्पूर्ण संघ सस्था, आमा समुह, टोल बिकास संस्था र क्लवहरुले सहयोग गर्नुपर्ने वताए ।

पोखरा महोत्सव अन्य महोत्सव भन्दा फरक उद्देश्य बोकेको र विशुद्ध सामाजिक काम संगै पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा पहलकदमी गर्दै हाल लेखनाथमा ज्योलोजिकल पार्क निर्माण कार्य जारी रहेको र सम्पूर्ण संघ सस्थाहरुकै सहयोगमा यो काम सम्भव भएकाले अहिले सम्म जारी रहेको सहयोगलाई निरन्तरता दिन आवश्यक रहेको उनको भनाइ थियो ।
त्यस्तै संघ सस्था ब्यवस्थापन उपसमिती संयोजक सीमा गुरुङले पोखरा महोत्सव विभिन्न संघ सस्थाहरुको सहयोग र साथकै कारण यहा सम्म आइपुगेको वताउदै भेलामा उपस्थित सम्पूर्णलाई धन्यवाद ब्यक्त गरिन्।

महिला समुह परिचालन उपसमिती संयोजक शान्ती शुवेदीले महिला दिदी बहिनीहरुको उपस्थिती बिना कुनैपनि कार्यक्रम सफल नहुने वताउदै भेलामा उपस्थित सम्पूर्ण महिला समुहहरुलाई पोखरा महोत्सवलाई विगतका वर्षहरुमा जस्तै सहयोग गर्न आग्रह गरिन ।
आठौ संस्करणको पोखरा महोत्सवमा २ सय वढी झाकी र्यालीमा संघ सस्थाहरुको सहभागीता रहेको थियो ।

महोत्सवमा यस वर्ष झाकी प्रदर्शन तर्फ प्रथम हुनेलाई नगद १५ हजार र प्रमाणपत्र, द्धितिय हुनेलाई नगद १० हजार र प्रमाणपत्र , तेश्रो हुनेलाई नगद ५ हजार र प्रमाण पत्र र शान्तवना हुनेलाई नगद ३ हजार र प्रमाण पत्र प्रदान गरिने छभने र्यालीमा सहभागी हुने टीम मध्ये प्रथम हुनेलाई नगद ६ हजार, द्धितिय हुनेलाई नगद ४ हजार, तृतिय हुनेलाई नगद २० हजा र शान्तवना हुनेलाई नगद १ हजार पुरस्कारको ब्यवस्था मिलाइएको महोत्सव प्रचार प्रसार संयोजक शान्ता बहादुर थापाले जानकारी दिए ।

थापाका अनुसार महोत्सवमा सहभागी प्रत्येक झाकीलाई ५ हजार र र्यालीलाई नगद २ हजार र प्रमाणपत्र प्रदान गरिने छभने महोत्सवका लागी एक दिने पासको ब्यवस्था मिलाइएको छ ।

क्लवका अध्यक्ष तथा नवौ पोखरा महोत्सव मुल आयोजक समितीका संयोजक लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष तथा राजु श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

You might also like

Comments are closed.