नवौ पोखरा महोत्सव सुरु, उद्योग ब्यवसायनै मुलुकको आर्थिक समृद्धिको आधार ः राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

आर्थिक आवाज
पोखरा २७ पुस ।
शुक्रबारबाट पोखराको अमरसिंह चौरमा नवौ संस्करणको पोखरा महोत्सव सुरु भएको छ । नवौ संस्करणको पोखरा महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्दै युवाहरु वैदेशिक रोजगारमा जानु भन्दा मुलुकमा नै उद्योग ब्यवसाय गर्न तर्फ लाग्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेश सम्भावना बोकेको प्रदेश भएकाले यहाँका युवाहरुले वैदेशिक रोजगारमा जानु भन्दा पनि आफ्नै प्रदेशका उद्योगमा लगानी गरी आफु उद्यमी बन्दै अन्यलाई पनि रोजगार दिनतर्फ अगाडी वढ्न आग्रह गरे ।

त्यसैगरी महिलाहरुलाई समेत समृद्ध बनाउनका लागी नेपाल सरकारले विभिन्न योजनाहरु अगाडी सारेको उनले बताए । सो अवसरमा वोल्दै पूर्व
स्वास्थ्य मन्त्री तथा प्रतिनिधी सभा सदस्य खगराज अधिकारीले महोत्सवकै आयोजना गरी चिडियाखाना निर्माण सुरु भएको र यो अभियान तीब्र रुपमा अगाडी वढिरहदा समग्र गण्डकी प्रदेशकै गौरवको विषय भएको वताए । गण्डकी प्रदेशका प्रदेश सभा सदस्य दीपक कोइरालाले पोखरा महोत्सवले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको सवैले कदर गरी यस्ता सामाजिक काममा सवैले साथ दिनुपर्ने आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने वताए ।

त्यस्तै प्रकृति सरंक्षण कोषका पूर्व सदस्य सचिव तथा चिडियाखाना विज्ञ जुद्धवहादुर गुरुङले पोखरामा बन्ने जुलोजिकल पार्क नेपालकै खुल्ला चिडियाखाना अवधारणामा निर्माण हुने भएकाले जीवजन्तुको संरक्षणमा ठूलो टेवा पुग्ने र गण्डकी प्रदेशकै महत्वपूर्ण पर्यटकीय स्थल बन्ने वताए ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले युनाइटेड क्लव संग स्थापना कालदेखीनै सहकार्य गर्दै आइरहेको र नवौ संस्करण सम्म आइपुग्दा थुप्रै सामाजिक काम संगै गण्डकी प्रदेशमै एकमात्र नमुना पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा अगाडी वढिरहदा आफ्नो तर्फबाट समेत सहयोग गर्ने वताए ।

क्लवका अध्यक्ष तथा नवौ पोखरा महोत्सव आयोजक मुल समारोह समितीका संयोजक लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा मुख्य प्रायोजक प्रतिनिधी सिजी हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक दिनेश कुमार चौधरी, पोखरा जुलोजिकल पार्कका अध्यक्ष हिमालय बख्रेल, राजनैतिक दललाई प्रतिनिधी गर्दै नेकपा कास्कीका जिल्ला संयन्त्र सदस्य दामोदर बैरागी, वडा नम्बर १२ का अध्ययक्ष राम बहादुर कार्की , अमरसिंह माविका तेजस्वी वराल, गण्डकी प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष सन्जीव बहादुर कोइराला, शान्ती दर्शन महिला समुहकी अध्यक्ष दिलमाया गुरुङ, क्लवका महासचिव शान्त बहादुर थापा क्लवका उपाध्यक्ष राजु श्रेष्ठ लगायतले बोलेका थिए ।

यसै विच महोत्सव पूर्व सन्ध्यामा पोखरा रंगशाला देखी महोत्सव स्थल सम्म विभिन्न जातजातिको भेषभुषा झल्कने झांकी तथा र्यालीको आयोजना गरिएको थियो ।
महोत्सवमा शुक्रबार लोकदोहोरी तर्फ जीवन दाहाल, काजल गुरुङ, शिवहरी ढुंगाना, शंकर बिरही गुरुङ, टेक क्षेत्री लगायतको प्रस्तुती रहेको थियो भने सांझको लाइभ कन्सर्टमा इन्फ्लेम ब्याण्ड र प्रोभर्सको प्रस्तुती रहेको थियो ।

यसैगरी महोत्सवको दोश्रो दिन शनिवार लोकदोहोरी तर्फ रामजी खांड, प्रजापति पराजुली, शिवहरी ढुंगाना, इश्वर सिंह, टेक क्षेत्री, सरस्वती लामिछाने, निश्चल दवाडी, सरिता थापा र तुलसा जिसीको प्रस्तुती रहनेछभने सांझ लाइभ कन्सर्टतर्फ चर्चित र्यापर लाहुरेको प्रस्तुती रहने छ । यसैविच महोत्सवको प्रत्येक दिन तरेली सांस्कृतीक परिवारको बिशेष सांस्कृतिक प्रस्तुती रहनेछ । शनिवार घासीकुवा युवा क्लव तनहुको सहयोगमा मगर समुदायको प्रचलित मौलिक नृत्य कौराको समेत प्रस्तुती रहने महोत्सव कलाकार ब्यवस्थापन संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

You might also like

Comments are closed.