पोखरा । नाइटिङगल फो एन्जल्सले लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्साललाई सम्मान गरेको छ । फो एन्जल्सद्वारा आयोजित तीज क्वीन प्रतियोगिताका अवसरमा शनिबार लम्साललाई सम्मान गरिएको हो ।
महिला सशक्तीकरणको क्षेत्रमा लायन्सका माध्यमबाट विशेष योगदान पु¥याएबापत गभर्नर लम्सालाई सम्मान गरिएको नाइटेङ्गगल ब्युटि केयर एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालिका रोजी श्रेष्ठले जानकारी दिइन् ।
यसैबीच, नाइटिङगल फो एन्जल्स्को छैठौ रमाइलो तीज कार्यक्रमका अवसरमा गरिएको तीज क्वीन प्रतियोगिता २०१९ को उपाधि बिमला थापाले जितेकी छन् । तीज क्वीन फस्ट रनरअप यशोधा क्षेत्री, सेकेन्ड रनरअप पुनम गुरुङ र थर्ड रनरअप सबिता गुरुङ भएकी छन् ।
के.जि.पि. ट्रेडर्स की सञ्चालिका किरण थापा, नाइटेङ्गगल ब्युटि केयर एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालिका रोजी श्रेष्ठ, मोनालिसा ब्युटि पार्लर सञ्चालिका रिता गुरुङ र श्रृया ब्युटि पार्लर सञ्चालिका रुकमा श्रेष्ठको संयुक्त सहकार्यमा कार्यक्रमको आयोजना गरिएको हो ।
Comments are closed.