नाकाबन्दीले कतार झनै बलियो

काठमाडौं, ३ पुस । कतारलाई छिमेकीले नाकाबन्दी लगाएको डेढ वर्ष पुगिसकेको छ । तर, यसबीचमा कतारीहरु हतोत्साहित भएका छैनन् । राष्ट्रिय दिवस मनाउँदै गर्दा आफू अझ बलियो भएको सन्देश उनीहरुले दिएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
कतारमा १८ डिसेम्बरमा राष्ट्रिय दिवस मनाइन्छ ।

१८७८ मा कतारको एकीकरण गर्ने शेख जासिम बिन मोहम्मद अल थानीको जन्मदिनलाई आफ्नो राष्ट्रिय दिवस मानिन्छ । गत वर्ष नाकाबन्दी नाकाबन्दीकै बीचमा यो दिवस मनाइएको थियो । यसपटक सरकारले नागरिकलाई धीर भन्न र अझ बलियो हुन आग्रह गर्दैछ । कतारले आफूलाई अझ सक्षम तुल्याएको कतारका लागि नेपाली राजदूत रमेश कोइरालाले बताए ।

You might also like

Comments are closed.