नागबेली टोलका महिलाहरुलाई उद्घोषण तालीम

पोखरा, १४ जेठ ।

पोखरा उद्योग वाणिज्य संघ तथा पोखरा–८ मा रहेको नागबेली टोल विकास संस्थाको आयोजनामा उद्घोषण तथा वक्तृत्वकला तालीम सम्पन्न भएको छ । महिला सशक्तिकरणको लागि आयोजित सो तालीममा टोलका ३४ जना महिलाहरुको सहभागिता थियो । तालीमको लागि प्रदेश नम्बर ४ का सभासद विन्दुकुमार थापाले विशेष सहयोग पु¥याएका थिए ।

तालिममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, संचारकर्मी तथा नेपाली काँग्रेसकी नेतृ सरस्वती गुरुङ, रेडियो जननीका स्टेसन म्यानेजर बिमला भण्डारी, रेडियो सफलताका संचालक दुर्गा अधिकारीले प्रशिक्षण दिएका थिए ।

तालीमको समापन कार्यक्रममा बोल्दै सभासद विन्दुकुमार थापाले महिलाहरुलाई आत्मनिर्भर बनाउन यस्ता तालीम फलदायी हुने विश्वास व्यक्त गरे । पूर्व सभासद सारदा पौडेलले महिला जागरणको लागि यस्ता तालीमहरु आवश्यक भएको बताईन् । पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष पवनकुमार प्रजापतिले आत्मविश्वास बढाउन बोल्ने कला सिक्नै पर्ने धारणा राखे ।

संघकी कार्यसमिति सदस्य तथा महिला विकास उपसमिति संयोजक सीता बरालले महिलाहरुले उद्यमशिलतालाई ध्यान दिनुपर्ने बताइन् । प्रशिक्षक सरस्वती गुरुङले बोल्ने कलाले मानिसलाई अवसर दिलाउने तथा भोकै बस्न नपर्ने अवस्था सृजना गर्ने बताईन् । नागबेली टोल विकास संस्थाका अध्यक्ष गीता पौडेल पँगेनीको अध्यक्षता तथा प्रतीज्ञा पौडेल र सदीक्षा ढकालको संचालनमा भएको कार्यक्रममा बोल्ने प्रशिक्षार्थीहरु जमुना पौडेल, शान्ता खनाल,गृष्मा बस्नेत, सानिया गुरुङ र नारायणी थापाले तालीमले आफूहरुमा आत्मविश्वास बढाएको धारणा व्यक्त गरे ।

You might also like

Comments are closed.