नाटक निरमाया मञ्चन तयारी पुरा

पोखरा २६ पुस । पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुक्रबारबाट मञ्चन हुने नाटक निरमाया मञ्चनको तयारी पुरा भएको छ । पोखरा थिएटरले बिहिबार पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार नाटक पौष २७ गतेदेखि माघ १२ गतेसम्म नियमित मञ्चन हुनेछ । झण्डै दूई घण्टाको अवधिको यस नाटकले नाट्यप्रेमी दर्शकको माया पाउनेमा नाटक युनिट विश्वस्त छन् ।

नाटकका लेखक सरुभत्त श्रेष्ठले आफुले झण्डै ३० वर्ष अगाडी लेखेको कथा भएपनि आजको समाजसँग दुरुस्ते मिल्ने बताए । ‘गरिब, शोषित, दलित, यौन पिडित यहि समाजको नाङ्गो यर्थाथलाई अभिव्यक्त गर्ने अभिप्रायले नाटक निरमाया सिर्जना भएको हो’ श्रेष्ठले भने । कलाकारले गरेको मेहनतलाई आफुले नजिकबाट निहालिरहेको भन्दै वरिष्ठ साहित्यकार श्रेष्ठले पोखराको नाट्य क्षेत्रमा यसले दिर्घकालसम्म महत्व राख्ने बताए । पोखरामा थिएटर सञ्चालन हुनु र नियमित रुपमा नाटक हुने परम्पराले नाट्यप्रेमीलाई उत्साहित बनाएको उनले बताए ।

यसैगरी नाटकका निर्देशक परिवर्तन कार्कीले नाटकलाई परिपक्क बनाउन निकै मेहनत गरेको बताए । ‘आज पनि महिलाहरुको अवस्था उस्तै छ, दलितहरुको अवस्था उस्तै छ, दलितहरुको अवस्था उस्तै छ,, आर्थिक असमानता विषम छ’ उनले भने । नाटकका कलाकार तथा ड्रामाटर्ज प्रकाश घिमिरेले आफ्नै ठाउँमा नाटक घर बन्नु र अभिनय गर्न पाउनु कलाकारको लागि अहोभाग्य भएको बताए ।

पोखरा थिएटरका संरक्षक शंकरनाथ कोइरालाले नाटकघर सबैको साझा भएको भन्दै यसको संरक्षण प्रर्वद्धन सबै मिलेर गर्नुपर्ने बताए । पोखरा थिएटरका सञ्चालक दिल प्रसाद गुरुङले नाटकमा २३ जना कलाकारले अभिनय गरेको बताए । गन्र्धव नाटकघरमा मञ्चन हुने यो २३ औँ नाटक हो । नाटह हरेक दिन साँझ पौने ५ बजे मञ्चन हुनेछ भने शनिबार तथा विदाको दिनमा अतिरिक्त सो मार्फत समेत देखाइनेछ । नाटक हेर्न २ सय, ३ सय र ५ सयको टिकट लाग्नेछ । निरमाया नाटक पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन हुने पाँचौ नाटक हो ।

You might also like

Comments are closed.