नाट्टा गण्डकी प्रदेशले गर्यो व्यावसायीक कर्जा भुक्तानीका लागी दवाब नदिन आग्रह

 

पोखरा ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेश, पोखराले सरोकारवाला, घरधनि, बैंक तथा बित्तीय संस्था र स्थानिय सरकारसंग विभिन्न अपिल गरेको छ ।

घरजग्गा धनिले बन्दाबन्दिको समय सम्म व्यबसायीहरुलाई भाडा पुर्ण रुपमा छुट गर्ने र त्यस पश्चात आपसी समझदारीमा घरजग्गाको भाडा कायम गरिनुपर्ने बताएको छ ।

पर्यटन व्यबसायमा पनि कोरोना प्रभावलेप्रत्यक्ष असर पारेका कारण व्यावसायिक कर्जा भुक्तानीका लागी दवाब नदिई आत्मबल बढाउन हुन बैंक तथा बित्तिय संस्थाहरुलाई आग्रह गरेको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

आंशिक रुपमा बन्दाबन्दि खुलेको अबस्थामा सडकमा देखिएको चहलपहलले संक्रमण को जोखिम बढेकोले यसलाइ फैलन नदिन स्वास्थ सम्बन्धि मापदण्ड पूरा गरि जोखिम न्युनिकरण र अनुगमन गर्न स्थानिय सरकारसंग अनुरोध नाट्टाले अनुरोध गरेको छ ।

बिदेशमा रहेका नेपालीलाई नेपाल ल्याउन भईरहेको हवाई सेवा को टिकेट बिक्री गर्न र नेपालको एक स्थान बाट अर्काे स्थानमा जान चाहने व्यक्तिका लागी यातायातको प्रबन्ध ट्राभल एजेन्सीहरु मार्फत गर्न सहज वातावरण बनाउन सम्वन्धित निकायलाई अपिल मार्फत अनुरोध गरिएको छ ।

You might also like

Comments are closed.