नाडा अटो शोमा टाटाको एच ५ सार्वजनिक, सुरुवात मूल्य ५६ लाख ५५ हजार

काठमाडौं – नाडा अटो शोमा टाटाले नयाँ कार एच ५ सार्वजनिक गरेको छ । यससँगै यसको मूल्य समेत तोकिएको छ । टाटा एच ५ को सुरुवाती मूल्य ५६ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । विभिन्न भेरिएन्ट मध्ये एक्सई भेरिएन्टको मूल्य ५६ लाख ५५ हजार, एक्सएम भेरिएन्टको मूल्य ६४ लाख ५५ हजार, एक्सटी भेरिएन्टको ६९ लाख ५५ हजार र एक्स जेड भेरिएन्टको ७४ लाख ५५ हजार रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

भारतमा टाटा ह्यारियर भनेर चिनिने एच फाइभको बुकिङ केही दिन पहिले खुलेको थियो । क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा निकै चर्चित छ । एच फाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एच फाइभ ल्यान्डरोवरको ओमेगा डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो ।

ह्यारिअर गत जनवरी २३ मा भारतीय बजारमा लन्च गरिएको थियो । टाटाले गत वर्षको अटो एक्सपोमा एच५एक्स कन्सेप्टको रुपमा यो कारलाई पहिलो पटक सार्वजनिक गरेको थियो । त्यही कन्सेप्टको अधिकांश भागलाई नै मिलाएर एच फाइभ निर्माण गरिएको छ । कारको डिजाइन आधुनिक छ भने बोनटको तल्लो साइडमा हेडलाइट राखिएको छ । फ्रन्ट ग्रिलमा राखिएको डे टाइम रनिङ लाइटले यसलाई निकै नै आकर्षक बनाएको छ । ह्यारिअर लन्चिङका साथ टाटाले इम्प्याक्ट डिजाइन २.० फिलोसोफीलाई पनि डेब्यु गरेको छ ।

टाटा एच फाइभमा २।० लिटरको फोर सिलिन्डर क्र्याओटेक टर्बो डिजेल इन्जिन छ, जसले १४० बीएचपी पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड गियरबक्स छ । यसमा ४ सय ५० लिटरको बुट स्पेस र ५० लिटरको इन्धन ट्यांकी उपलब्ध छ । ह्यारिअरमा ईएसपीमा आधारित टेरेन रेस्पोन्स मोड उपलब्ध छ, जसका कारण जस्तोसुकै सडकमा पनि सहज तरिकाले चलाउन सकिन्छ ।

कारको क्याबिनमा ८.८ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम छ । त्यसैगरी ८–वे एड्जस्टेबल ड्राइभर सिट, लेदर अप होल्स्ट्री, क्लाइमेट कन्ट्रोल, ओआरभीएम आदि उपलब्ध छ ।

You might also like

Comments are closed.