नायक आयुस्मान र नायिका प्रियंकाले पोखरामा आज जुपिटर सार्वजनिक गर्ने

पोखरा, ८ फागुन । टिभिएस स्कुटर तथा मोटरसाइकलको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता बतास वद्रर्श प्रालिले जुपिटर क्लासिकको पोखरामा बिक्री सुरु गर्ने तयारी छ ।

पोखरा सभागृहमा बुधबार एक कार्यक्रम आयोजना गरी यस क्षेत्रमा बिक्री शुभारम्भ भएको घोषणा गरिने कम्पनीले जनाएको छ । टिभिएसका ब्राण्ड एम्वेष्डर नायक आयुस्मान जोशी र नायिक प्रियंका कार्कीले शुभारम्भ गर्ने कार्यक्रम रहेको वतास व्रदर्शका विक्री प्रवन्धक सन्तोष पोखरेलले जानकारी दिए ।

‘टिभिएस व्राण्ड यस क्षेत्रमा लोकप्रिय छ । भव्य कार्यक्रम गरी जुपिटर क्लासिक सार्वजनिक गर्दैछौं,’ पोखरेलले भने, ‘अन्य मोडल जस्तै यसको पनि बिक्री राम्रो हुने अपेक्षा गरेका छौं ।’ कार्यक्रममा कलाकार सुरज थापाको मनोरञ्जनात्मक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ । टिभिएस मोटरसाइकलको नेपालको आधिकारिक बिक्रेता जगदम्वा मोटर्स प्रालि हो ।

You might also like

Comments are closed.