नारी बचतमा तीज विशेष छुट योजना

पोखरा । ग्लोबल आइएमई बैंकले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै नारी बचत खातामा विशेष छुट योजना ल्याएको छ । नारी बचत खातामा पहिलो वर्ष मोबाइल बैंकिङ र भाइबर बैंकिङ सेवा निःशुल्क रुपमा उपलब्ध हुनेछ ।

साथै इन्टरनेट बैंकिङ, भिसा डेबिट तथा क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्कमा शतप्रतिशत छुट, एक वर्षसम्म ब्यालेन्स सर्टिफिकेट जारि गर्दा लाग्ने शुल्क तथा लकर सुविधा लिंदा लाग्ने शुल्कमा शतप्रतिशत छुटको व्यवस्था छ ।

यस योजना अन्तर्गत नारी बचत खाताभएका ग्राहकहरुले बैंकबाट कर्जा लिंदा लाग्ने कर्जा प्रवाह शुल्कमा शून्य दशमलब दुई पाँच प्रतिशत छुट दिने बैंकले जनाएको छ । बैंकले हालै आयोजित तीज विशेष कार्यक्रमा उक्त योजना घोषणा गरेको छ । यो योजना एक महिनाको लागि लागू रहने बताइएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.