‘नारी शक्तिसँग अथाह शक्ति छ’

पोखरा । मानव मीलन नारी जागरण नेपालको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटनका अवसरमा बोल्दै बाह्रमण समाज नेपालका सस्थापक केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर नारायणप्रसाद अधिकारीले नारी शक्तिसँग अथाह शक्ति भएको हुँदा शक्तिलाई विकास निर्माण र सामाजिक कार्यमा लाग्न आग्रह गरे ।

उनले मानव मीलन नारी जागरण नेपालले गरेको कार्यको खुलेर प्रशंसा गरे । कार्यक्रममा विशेष अतिथि नेपाल कम्युनिष्ट पार्टीका सचेतक, संघीय सभाका सदस्य शान्ता चौधरीले इच्छाशक्ति भयो भने महिलाहरुले पनि जस्तोसुकै कार्य गर्न सक्ने बताइन् । आफ्नो जीवनका हरेक सर्घष सिकाई भएको उनको भनाइ छ ।

नेपाली काग्रेसकी नेतृ सरस्वती गुरुङले संघर्षले जीवनमा सिकाई र अनुभवी बनाउने भन्दै मानवमीलन संस्था सामाजिक क्षेत्रमा अनुभवी भएर परिचित भइसकेको बताइन् । कार्यक्रममा बोडकाष्टिङ एशोसियसन अफ नेपाल (बान) का केन्द्रीय महासचिव दुर्गा अधिकारीले मानव मीलन संस्था समाजमा सामाजिक संस्थाको रुपमा स्थापित भएर स्वास्थ्य, शिक्षा र सेवालाई प्राथमिकतामा राखेर उपलव्धीमुलक कार्य गरेको बताइन् ।

पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव चिनु गुरुङले मानव मीलन संस्थालाई अगाडि बढाउन आफूले सधैं साथ रहने प्रतिवद्धता व्यक्त गरिन् । संस्थाका निवर्तमान अध्यक्ष पार्वती पौडेलले संस्थालाई अझै सशक्त ढंगले बढाउन आफ्नो सधै साथ रहने प्रतिबद्धता व्यक्त गरिन् । संस्थाका अध्यक्ष सविता बरालको अध्यक्षतामा आयोजित कार्यक्रममा नारी परोपकार केन्द्रका अध्यक्ष शारदा गिरी, सल्लाहकार तथा आर्दश समाज राष्ट्रिय दैनिकका व्यवस्थापक दुर्गादेवी बाँस्तोला लगायतले बोलेका थिए ।

संस्थाका आजीवन सदस्य प्रभा गौतमले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष कमला गिरीले गरिन् ।

साधारणसभामा कोषाध्यक्ष देवी बराल र सचिव मेनुका पोख्ररेलले प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा पूर्व सल्लाहकार तथा संस्थाका शुभचिन्तक पोखरा उद्योग वाणिज्य संघको उपमहासचिव पदमा निर्वाचित हुनुभएको भन्दै सम्मानपत्र र दोल्सल्लाले सम्मान गरिएको थियो । अक्षयकोष दाता तथा संस्थालाई आर्थिक सहयोग गरेका संस्थाका आजीवन सदस्यलाई समेत सम्मान गरिएको अध्यक्ष बरालले जानकारी दिए ।

You might also like

Comments are closed.