नासाको अन्तरिक्ष यान मंगलग्रहमा

लस एन्जलस (अमेरिका), ११ मंसिर ।

अमेरिकी अन्तरिक्ष संस्था (नासा)को अन्तरिक्ष यान ‘इन्साइट’ले मंगल ग्रहमा अवतरण गरेको छ । यान प्रक्षेपण भएको ६ महीनापछि ३० करोड माइल यात्रा तय गरेर सोमबार यान मंगल ग्रहको सतहमा पुगेको हो । सतहमा पुग्नासाथ यानमा रहेको रोबोटले मंगल ग्रहको सतहको तस्वीर पनि पठाएको नासाले बताएको छ ।

यान ९९ करोड ३० लाख डलरमा तयार पारिएको हो । यसको प्रमुख लक्ष्य मंगल ग्रहको भित्री तहको रहस्य खोतल्नु, यसको निर्माण कसरी भयो र पृथ्वीको जस्तै अरु उपग्रह कसरी चट्टानी स्वरुपमा बने भन्ने थाहा पाउनु हो । पृथ्वीको सबैभन्दा नजिकको ग्रहमा अन्तरिक्ष यान पु¥याउने प्रयत्न सफल भएपछि नासाका वैज्ञानिकहरुले खुशीयाली समेत मनाएका थिए ।

अन्तरिक्ष यानमा रहेको रोबोटमा युरोपेली मुलुकका अनुसन्धान उपकरणहरु समेत जडान गरिएको छ । यो अभियानले सन् २०३० को दशकमा मानवलाई मंगल ग्रहमा पठाउन मार्गप्रशस्त गर्ने अपेक्षा नासाका वैज्ञानिकहरुको छ । यसअघि विश्वभरबाट मंगल ग्रहमा पुग्न ४३ भन्दा बढी पटक प्रयत्न भएका थिए । तर ती प्रयत्नहरु सफल हुन सकेनन् ।

You might also like

Comments are closed.