निजामती कर्मचारीले गरे विधेयकको विरोधमा आन्दोलन

पोखरा ।
निजामती कर्मचारीले राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको विधेयकप्रति असहमति जनाउँदै आन्दोलनलाई जारी राखेका छन् ।

आइतबार उनीहरूले सिंहदरबारस्थित मन्त्रालय र बाहिरी जिल्लाका आफू कार्यरत कार्यालयमा ‘असार १५ गते पारित निजामती विधेयकमा असहमति छ’ लेखेर टाँसेका हुन्। पोखरामा पनि बिरोध जारी छ ।

उनीहरूले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले गरेको आन्दोलनको पहिलो चरण अन्तर्गत विधेयकको विरोध गरेका हुन्। ३५ हजार भन्दा बढी संख्यामा रहेका नायब सुब्बाहरूको वृत्ति विकास रोक्नेगरी निजामती विधेयकमा व्यवस्था गरिएकोले सच्याउनुपर्ने उनीहरूको माग छ ।

उनले उक्त विधेयकका वृत्ति विकास रोक्ने व्यवस्था हटाउनुपर्ने बताए । असार १५ गते प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतका आधारमा विधेयक पारित गरेको थिया े।

उक्त विधेयकमा दलपिच्छे कर्मचारी संगठन खोल्न नपाइने उल्लेख छ। जसमा पार्टीपिच्छेका कर्मचारी संगठनले विरोध गरेका छन्। आधिकारिक ट्रेड युनियनले हालै प्रधानमन्त्री केपीशर्मा ओलीलाई भेटेर निजामती विधेयकका व्यवस्था सच्याउन दवाव दिएको थियो ।

You might also like

Comments are closed.