निजी कम्पनीको विमानको टिकट नपाइने, नेपाल वायु सेवामा एक जना मात्रै यात्रु

सुमन ढुंगाना

काठमाडौं । अकस्मात पोखरा जानु पर्ने भयो । फ्लाइटमा जानुको विकल्प थिएन । महँगो भए पनि टिकट किन्नु थियो, पाए सस्तो छाड्ने थिइन । काठमाडौं – पोखरा उड्ने सबैभन्दा महँगो टिकट दर पाँच हजार ४ सय छ । त्यनि नै तिर्छुभन्दा पनि निजी कम्पनीका विमानको टिकट पाउन सकिनँ ।

सरकारी ध्वजावाहक नेपाल वायु सेवाको टिकट कता पाइन्छ, थाहा थिएन । अधिकांश ट्राभल एजेन्सीले निगमको आन्तरिक उडानको टिकट नपाइने, उडानको भर नहमुने कुरा सुनिन्थ्यो । तर, अ? एयरलान्सको टिकट नपाएपछि त्यतै ध्यान सोझियो ।

निगमको फोन लगाएँ । मेरा आर्थिक हैसियत बमोजिम नै सस्तो टिकट पाएँ । पाँच हजार भए पनि तिरौँला भनेको मान्छेलाई टिकट पाउनु नै ठुलो कुरा थियो । झन २ हजार ?पैयाँमा नै पाएपछि के चाहियो ?

निजी कम्पनीले दैनिक दर्जनभन्दा बढी उडान भर्ने पोखरामा निगमको उडान भर्ने पोखरामा निगमको उडान मुस्कलले एउटा हुन्छ । बिहान ८ बजे उडान थियो । बिहान ७ बजे नै विमानस्थल पुगेँ । टर्मिनलमा भवनमा छिर्ने बित्तिकै नगमप्रति दया लागेर आयो ।

निजी विमानको बोर्डिङ काउन्टरमा यात्?ले भरिभराउ थिए, कर्मचारी अत्यन्त व्यस्त थिए । निगमको बोर्डिङ काउन्टरमा न कर्मचारी थिए न यात्रु नै । केहीबेरमा एक जना कर्मचारी आए मलाई बोर्डिङ पास दिए ।

धेरै समयपछि विमान पोखरा उडान भर्न तयार थियो । मभित्र पसेँ ।

परिचारिका मात्रै थिइन् पाइलटले जहाज स्टार्ट गरेपछि छर्लङथ भयो, यात्रु त मै मात्र रहेछु । १७ जना यात्रु बोक्ने जहाजले जम्मा २ हजार रुपैयाँ व्यापार ग¥यो ।
आजको अन्नपूर्ण पोष्टबाट

You might also like

Comments are closed.