निप्स बार्षिकोत्सवमा फुटसल

पोखरा, ११ चैत

नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटि (निप्स) पोखरा च्याप्टरले विभिन्न कार्यक्रम गर्दै सातौं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा रानिपौवा स्पोटर््स सेन्टरमा आयोजना गरिएको फुटसल प्रतियोगितामा जीवन वीमा कम्पनी, निर्जिवन वीमा कम्पनी र सर्भेयर गरि १२ टिमको सहभागीता रहेको निप्स पोखराका सचिव तथा सुचना अधिकृत अनन्त अधिकारीले जानकारी दिए । शिखर इन्स्योरेन्स कम्पनीलाई पेनाल्टी सुट आउटमा पाखा लगाउदै सर्भेयरहरुको टोली निसा दोस्रो निप्स पोखराकम फुटसल प्रतियोगिताको विजेता बन्न सफल भयो भने शिखर इन्स्योरेन्स उपबिजेतामा चित्त बुझायोे ।

बिजेता टिमलाई निप्स केन्द्रीय महासचिव संजिव सुवेदी नगद, शिल्ड तथा प्रमाणपत्र बितरण गरेका थिए । उत्कृष्ठ गोलकिपर सरोजमान पालिखे, बेष्ट प्लेयर होम गुरुङ, हाई स्कोरर रविन्द्र गोदार बन्न सफल भए । सगरमाथा इन्स्योरेन्सको टिमले फेयर प्लेको उपाधि हात पार्न सफल भयो । समापन कार्यक्रम निप्स पोखरा च्याप्टरका अध्यक्ष केशवराज ढकालको अध्यक्षतामा भएको थियो ।

You might also like

Comments are closed.