निर्माण व्यवसायी संघ तनहुँको अध्यक्षमा श्रेष्ठ

तनहुँ, २७ चैत,
निर्माण व्यवसायी संघ तनहुँको ११औं अधिवेशनबाट रत्नकुमार श्रेष्ठ अध्यक्षमा निवार्चित भएका छन् । नयाँ नेतृत्वका लागी अध्यक्षमा टीका सापकोट र रत्नकुमार श्रेष्ठ बीच प्रतिस्पर्धा भएको थियो । श्रेष्ठले ७६ मत ल्याएर अध्यक्षमा निवार्चित भएका हुन् भने सापकोटाले ४६ मत प्राप्त गरेका थिए ।

संघको बरिष्ठ उपाध्यक्षका लागी यज्ञ प्रसाद खनाल र रुद्रप्रसाद श्रेष्ठ चुनावी मैदानमा रहेकोमा यज्ञ प्रसाद खनाल ८४मत सहित विजय भएका छन् । भने रुद्रप्रसाद श्रेष्ठले ३४ मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्ष क्षेत्र नं २को लागी यमप्रसाद भट्टराई र बिष्णुराम थापा बीच भएको प्रतिस्र्धामा ८१ मत सहित बिष्णुराम थापा विजयी भएका छन् भने यमप्रसाद भट्टराईले ४० ल्याएका थिए ।  यस्तै, ४ जना केन्द्रीय प्रतिनिधिमा ८४ मत प्राप्त गरी शेरबहादुर गुरुङ, ७२÷७२ मत प्राप्त गरी कृष्णबहादुर थापा, ऋषिराम अधिकारी र ६३ मत प्राप्त गरी आसबहादुर लामा विजयी भएका छन् । केन्द्रीय प्रतिनिधिमा महिला तर्फबाट ओममाया श्रेष्ठ निर्वरोध निर्वाचित भएकी छन् ।

संघको समावेशी सदस्यका लागी भएको निर्वाचनमा शुकबहादुर गुरुङ ६४ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी विरबहादुर बस्यालले ५३ मत प्राप्त गरेका थिए । यस्तै, संघको क्षेत्र नं. १ का उपाध्यक्षमा इश्वरीप्रसाद देवकोटा, महासचिवमा रामचन्द्र पौडेल (आरसी), नितीगत सचिवमा टिकाराम पनेरु, वस्तुगत सचिवमा सुरेश घिमिरे, कोषाध्यक्षमा सोम थापा मगर, सहकोषाध्यक्षमा राजेश पण्डित सर्वसम्मत निर्वाचित भएका छन् ।

संघको स्थानीय तहका सदस्यहरुमा वासुदेव तिम्सिना (भिमाद), इश्वर कुमार श्रेष्ठ (शुक्लागण्डकी), मन बहादुर आले (भानु), शिवराम केसी (आँवुखैरेनी), ओमबहादुर आले (म्याग्दे), मदन गैरे (ऋषिङ) निर्वाचित भएका छन् । त्यस्तै खुल्ला सदस्यमा रविन पौडेल, कृष्ण मुरारी मिश्र, केदार अधिकारी, महिला सदस्यमा लक्ष्मी वगाले, लेखा संयोजक गिरीराज लामिछाने र सदस्यहरुमा दीपक कुमार श्रेष्ठ, खोजबहादुर गुरुङ चयन भएका छन् ।

You might also like

Comments are closed.