पोखरा । निलगगन विकास समाजको अध्यक्षमा वैकुण्ठ पौडेल चयन भएका छन् । शनिबार सम्पन्न १४औं वार्षिक साधरण सभा तथा चौंथो अधिवेशनबाट समितिको उपाध्यक्षमा नारायण पौडेल, सचिवमा सुदिप पौडेल, कोषाध्यक्षमा अप्सरा पौडेल निर्वाचित भएको निवर्तमान अध्यक्ष युवराज पौडेलले जानकारी दिए ।
समितिका सदस्यहरुमा अमृत पौडेल, शिव परियार, गौरी पौडेल, भुवन पौडेल, पार्वता पोखरेल, भरतराज पौडेल र भगवती बराल छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं २३ वडा अध्यक्ष विष्णु प्रसाद पराजुलीले हर्पन क्षेत्रको मनमोहक दृष्य, ऐतिहासिक मठ मन्दिर, कोट तथा दरवार, सिद्ध गुफा जास्तो ठाउँ र कफीको लागि राम्रो उत्पादन क्षेत्र भएको हुँदा पर्यटनको क्षेत्र र कृषिमा निलगगन समाजको चासो रहेमा वडाको पनि सहयोग रहने बताए ।
कार्यक्रममा पोखरा महानगर पालिका वडा नं २३ वडा सदस्य गीता भट्टराई, आत्मनिर्भर सहकारीका अध्यक्ष हरिभक्त पौडेल, सामुदायिक भवनका जग्गा दाता रमेश पौडेल, जनसिद्ध, आधारभूत विद्यालयका पूर्व अध्यक्ष मेघनाथ पौडेल, जनसिद्ध आधारभूत विद्यालयका प्र.अ. लेखबहादुर क्षेत्री, पूर्व अध्यक्ष धर्मराज पौडेल, निर्मल पौडेल होमस्टे गण्डकी प्रदेशका अध्यक्ष हरि पौडेल, विद्यार्थी नेता लक्ष्मी प्रसाद पौडेल, समाज सेवी वाबुराम पौडेल, सुक वहादुर क्षेत्री, शशिधर पौडेल लगायतले बोलेका थिए ।
युवराज पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य साधरण सभा कार्यक्रमका संयोजक सुदिप पौडेल राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव टेकनाथ पौडेलले गरेका थिए । यस अगाडिका कोषाध्यक्ष वैकुण्ठ पौडेललाई अध्यक्षले उत्कृष्ट संयोजकको सम्मान प्रदान गरे ।
यसैबीच, श्री हर्पन समुदायीक वहुउद्देश्य भवनलाई निलगगन विकास समाजबाट ३० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । अध्यक्ष युवराज पौडेलले भवन निर्माणकी अध्यक्ष गीता भट्टराईलाई चेक हस्तान्तरण गरे । सचिव र कोषाध्यक्षको प्रतिवेदन अनुमोदन भएको पौडेलले जानकारी दिए ।
Comments are closed.