काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारबाट लागु भएको निशेधाज्ञाको पहिलो दिन प्रहरीले बैंकका कर्मचारीलाई रोकेपछि बैंकिङ सेवा प्रभावित भयो । बैंकर्स संघका अध्यक्ष भुवन दाहालले प्रहरीले कर्मचारीलाई रोकेपछि बैंकहरु नखोल्न आह्वान नै गरे ।
बैंकका कर्मचारीलाई प्रहरीले रोकेपछि पूर्वनिर्धारित तालिका अनुसार खुल्ने भनिएका बैंकका प्राय शाखाहरु बन्द नै रहे । राष्ट्र बैंक र गृह मन्त्रालयको समन्वय नहुँदा बिहीबार बन्द हुन पुगेका बैंकका शाखाहरु शुक्रबार भने खुल्ने भएका छन् ।
बैंकको आइडी कार्ड देखाएपछि बैंकका कर्मचारीहरु सडकमा सहज रुपमा हिड्न सक्ने सहमति भएपछि शुक्रबारबाट राजधानीका बैंकहरुले सेवा प्रदान गर्ने जनाएका छन् ।
बिहान ११ बजेदेखि दिउसो १ बजेसम्म अत्यावश्यक कामका लागि बैंकका शाखाहरु खुल्ने राष्ट्र बैंकले जनाएको छ । कोरोना जोखिम बढेकाले विद्युतीय कारोबारलाई प्राथमिकता दिन पनि राष्ट्र बैंकले बैंकहरुलाई आग्रह गरेको छ ।
Comments are closed.