निसानको बहुप्रतिक्षित टेरानो पोखरामा

पोखरा, ११ माघ ।
निसानको बहुप्रतिक्षित एसयुभी गाडी टेरानो पोखरामा सार्वजनिक गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच उक्त गाडीको बिक्री शुभारम्भ गरिएको हो । सिभीको ग्रुप अन्तर्गत गण्डकी धौलागिरी क्षेत्रका लागि निसान ब्राण्डका गाडीहरुको आधिकारिक बिक्रेता प्रिमियम मोटर्स प्रा.लि.पोखराले उक्त गाडी पोखरा भित्र्याएको हो ।

विश्वका दुईसय ८० अवार्ड जित्न सफल पहिलो गाडी कम्प्याक्ट एसयुभी न्यू टेरानोलाई सिभिको ग्रुपका अध्यक्ष सुन्दर विजय कोइराला र निर्देशक लक्ष्मण पोखरेलले सार्वजनिक गरेका हुन् । नेपालका लागि यसको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प हो ।

सुरक्षित, प्रिमियम ह्याचब्याककै मूल्यमा लक्जरी र सेफ्टी फिचर भएको एसयुभी न्यू टेरानो युवापुस्तालाई लक्षित गरिएको सिभिको ग्रुपका प्रबन्ध निर्देशक सिरोज विजय कोइरालाले बताए । ‘ग्राहकवर्गलाई स्मार्ट र वोल्डको अनुभूति गराउने हामीले विश्वास लिएका छौं,’ उनले भने । निसानको टेरानो प्रतिस्पर्धी मूल्य ४२ लाख ९९ हजार रुपैयाँदेखि ५३ लाख ९९ हजार रुपैयाँसम्ममा उपलब्ध छ ।

प्रा.लि.का प्रशासकीय प्रमुख दिनेश आचार्यले नेपाल लगायत सार्क देशलाई लक्षित गरी ल्याइएको न्यू निसान टेरानोले यस क्षेत्रमा पनि आफ्नो वर्चश्व कायम गर्ने दावी गरे । ग्रुपका निर्देशकद्वय सिन्जन कोइराला र सान्त्वना अधिकारीले सिभीको ग्रुपले व्यवसायिकदेखि सामाजिक क्षेत्रमा आफ्नो सक्रियता तिब्र रुपमा बढाउँदै लगेको धारणा राखे ।

न्यू टेरानोमा प्रिमियम डुअल टोन इन्टेरियर, लेदर सिट, कुज कन्ट्रोल, ७.० ईञ्च टच स्क्रीन नेभिगसन, न्यू स्टिरिङ, माउण्टेन÷अडियो÷फोन कन्ट्रोल र वान टच लेन इन्डिकेटर लगायतका २२ नयाँ आकर्षक विशेषताहरु छन् । शक्तिशाली इञ्जिन ११० पि एस (डिजेल टि एच पि) र १.६ लि. (१०४ पि एस) पेट्रोलको लागि रहेको छ । सुरक्षाका लागि डुअल फ्रन्ट एयरव्याग, हिल एस्र्टाट एसिस्ट एविएस, ईविडि, विए र इएस पिको छ । न्यू टेरानोमा ६ स्पिड अत्याधुनिक अटो ड्राइभमा पनि उपलब्ध रहेको छ । जसमा गियर सिस्टम कम्प्युटरद्वारा नियन्त्रण गरिन्छ ।

‘आन्तरिक सजावट आकर्षक छन्’ कोइरालाले भने, ‘युवा पुस्तालाई लक्षित गरिएको टेरानोले ग्राहकवर्गलार्य स्मार्ट र वोल्डको अनुभूति गराउनेछ ।’

You might also like

Comments are closed.