निसान किक्सको लच्न तयारी, नेपालमा छिट्टै भित्रिने

काठमाडौं, २२ पुस । निसान किक्सको लन्च थर्ने तयारी भएको छ । नेपालमा पनि छिट्टै आउने कम्पनीले जनाएको छ । कम्प्याक्ट एसयूभी सेगमेन्टमा निसानले आगामी जनवरी २२ मा निसान किक्सलाई भारतीय बजारमा लन्च गर्न लागेको सार्वजनिक भएको छ । यो कारको भारतीय बजारमा निकै नै प्रतीक्षा भइरहेको छ ।

निसान किक्स डिजाइनको मामिलामा निकै नै राम्रो छ भने यसको सिटलाई पनि प्रशस्तै सुविधाजनक बनाइएको छ । यसमा १।५ लिटरको डीसीआई डिजेल इन्जिन छ, जसले १०९ बीएचपी पावर र २४० एनएम टर्क प्रदान गर्छ । त्यसैगरी पेट्रोल भर्सनले १०६ बीएचपी पावर र १४२ एनएम टर्क प्रदान गर्छ । यसमा ठूलो साइजको टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम छ, जसले एन्ड्रोइड अटो वा एप्पल कारप्ले सपोर्ट गर्छ ।

निसान किक्समा अटो हेडल्याम्प्स र अटो वाइपर्स जस्ता फिचर उपलब्ध छन् । यसको मूल्य १० देखि १५ लाख भारु बीच पर्न सक्ने अनुमान गरिएको छ । यसले टाटा नेक्सन, हुन्डाई क्रेटा र रेनो क्याप्चर जस्ता गाडीलाई कडा टक्कर दिने अनुमान गरिएको छ ।
नेपाली बजारमा पनि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसान किक्सलाई भारतमा लन्च भएको केही दिनमै उपलब्ध गराउने योजना बनाएको छ । पायोनियर मोटोकर्पका अनुसार पेट्रोल र डिजेल दुवै भेरिएन्टको कार नेपाली बजारमा उपलब्ध हुनेछ ।

You might also like

Comments are closed.